आड भरोसा साहारा यस्तो पनि हु न सक्छ
तिमी नदी म किनारा यस्तो पनि हुन सक्छ
तिमीले दिएको ईशारा यस्तो पनि हुन सक्छ
हुन सक्छ उ ज्यानमारा यस्तो पनि हुन सक्छ
हेर्ने दृष्टिमा परस्परमा तिमी मेरो अनी म तिम्रो
दुई आँखाको जुन तारा यस्तो पनि हुन सक्छ
गधा धोई गाई बनाउने प्रयास लाई धिक्कार छ,
केहि गर्न नसक्ने हुतिहारा यस्तो पनि हुन सक्छ
कती निर्दयी कती निष्ठुरी देखिन्छ आँखाहरुले,
स्थिती कठै बरा बिचारा यस्तो पनि हुन सक्छ
Liked by: