कती मिठो हुन्थ्यो साथ तिमी र म बस्दाखेरि
रक्सी बिनै आउथ्यो मात तिमी र म बस्दाखेरी ।
आज तिमी टाढा छौ, तर मन बुझ्छ फेरि
सम्झी चुमेको तिम्रो हात तिमी र म बस्दाखेरी ।
बरालिन्छ मन् कैलेकाहिं अनि बस्छु एकान्तमा
आउँछन गरेका मिठा बात तिमी र म बस्दाखेरी ।
बेचैन हुन्छ मन तेसै लाग्छ उडि पुगिहालौं
पाउन फेरी मायालु लात तिमी र म बस्दाखेरी ।
प्यासि थिएँ सधैं त्यो तिम्रो न्यानो स्पर्शको
कत्ति छिटो बित्थ्यो रात तिमी र म बस्दाखेरी ।
बिस्वासमा एक भै यसरि नै चल्न सके
कसिने छ हाम्रो हात तिमी र म बस्दाखेरी ।
------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: