सम्झनामा तिम्रो यो पत्र
बारम्बार तिम्रो झल्को दिइरहने तिम्रो यो पत्र
बयान म गरु कसरि मेरो माया तिम्रो लागि
याद आउदा तिम्रो न्यास्रो मेट्ने तिम्रो यो पत्र
विगतका कैंयौं कुरा सम्झन सकिदैनन् प्यारि तर
सानो सानो कुरा पनि सम्झाइ राख्ने तिम्रो यो पत्र
छातिमा टाँसिन्छ , ओठले बारम्बार चुम्छ्न यसैलाइ
तिमि जस्तै भइ मैसँग बसेको छ तिम्रो यो पत्र
तिमि सधै साथमा नहुदा पनि
हरपल साथ दिइरहेको हुन्छ तिम्रो यो पत्र
सम्झनामा तिम्रो यो पत्र
बारम्बार चुमिरहन मन लाग्छ तिम्रो यो पत्र
Liked by: