त्यो राहाधानी जलाइदे भन्छ्न मेरो बा ।
त्यो जवानि खै मलाइदे भन्छ्न मेरो बा ।
जति सक्छ्स स्वदेशमै कमाए खुसी छु ,
यहीँ पाखुरा चलाइदे भन्छ्न मेरो बा ।
खेत बारि छ, मेहनत गरौं बरु दुवै ,
यहाँ जे फल्छ फलाइदे भन्छ्न मेरो बा ।
१२ घन्टा आफ्नै देसमा खटेर हेर त अनि,
परदेशीको बाटो ढलाइदे भन्छ्न मेरो बा ।
बुढेसकालमा सहारा, बन्लास र कान्छा !
भो भिसा अब नलाइदे भन्छ्न मेरो बा ।
------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: