विश्वमा नेपाली नपुगेको कहाँ छ र ? सगरमाथा सिर झुकेको कहाँ छ र ? सेताम्य देखिन्छ मनैमोहक हुनेगरी, कमसल नराम्रो लुकेको कहाँ छ र ?
विश्वमा नेपाली नपुगेको कहाँ छ र ?
सगरमाथा सिर झुकेको कहाँ छ र ?
सेताम्य देखिन्छ मनैमोहक हुनेगरी,
कमसल नराम्रो लुकेको कहाँ छ र ?
फूलझैं भए'नि हिउँ जस्तो भए'नि,
हजार चोटले'नी दुखेको कहाँ छ र ?
अवसर नपाएरै हो हामी पिछडिएको,
गोर्खाली मनहरु चुकेको कहाँ छ र ?
जति नै जटिल परिस्थिति आए पनि,
बिरहरु डराएर नै लुकेको कहाँ छ र ?
---
नवराज बुढा (नवीन उदासी)
बुढा गाउँ, रोल्पा
[email protected]
----
तपार्इ पनि अाफ्ना लेख रचना 'हाम्रो पात्रो'मा राख्न चाहनुहुन्छ भने हामीलार्इ यस ठेगानामा इमेल गर्नुहोस्ः [email protected] | धन्यवाद ।
Liked by: