कहाँ पुगेंको थे म कहाँ आएको थे, त्यो याद अझै छ,
कैले भेटाएँ कैले हराएँ थे तिमिलाई, त्यो याद अझै छ,
बरू आफ्ना लागि के गरे भनेर, भन्न पनि नसकुला हेर,
नसोध तिम्रोलागि भोटो कति फटाए, त्यो याद अझै छ,
अझै भेटिन्छ यहाँ मेरो कथा सुन्न, खोज्नेहरूको भिड,
मैले ककस्लाई कति कति के सुनाएँ, त्यो याद अझै छ,
बरु सम्झिन्न तिमीले दिएका थुप्रै बाचाहरू, कहिले नि,
तर मैले तिम्रो लागि कसम कति खाएँ, त्यो याद अझै छ ।।
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: