आउने जाने क्रम जारी यस्तै रहेछ संसार ।
धूर्तहरूको लुट जारी यस्तै रहेछ संसार ।।
सकिएन कथा अझै सीता द्रौपदीको ।
दुशासन बढिरहे छन् यस्तै रहेछ संसार।।
हातमा चुरा लगाए कि मौन यी पुरुष किन ?
नारी बलात्कृत छन् सधै यस्तै रहेछ संसार ||
आँसु पुछ्ने बाहानामा नजिकिएको उसले।
चोट थपेर लापत्ता भो यस्तै रहेछ संसार ।।
अचानो र शरीर उस्तै घात कति गन्नै गाह्रो |
तर आफन्तकै घात ठूला यस्तै रहेछ संसार।|
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: