एक - एक जोड्दा चार हुनै सक्दैन
पीडित अचानोमा धार हुनै सक्दैन
कहाँ दाज्न मिल्छ र एक अर्कोलाई
हसिया जस्तो तरवार हुनै सक्दैन
लाग्छ मन बाटै गल्ती गरिएछ जब
सोहि गल्ती नै बारम्बार हुनै सक्दैन
दृढ सड्ढल्पका साथमा मिहेनत गर्नेको
जिन्दगीमा कहिल्यै हार हुनै सक्दैन
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्
Liked by: