किन किन लाग्छ यो दिल बिमार भो
जब जिन्दगीमा हजुरको सवार भो ।
यैं स्पन्दनको दिलमा सजाएर राख्नेछु
नभन्नु मेरो प्रेम हजुरलाइ कारागार भो
मन मस्तिष्क स्वप्न सुन्दरीमै रम्न थाले
हेर्नुभो एक नजर दिलको आरपार भो
झुक्दै-झुक्दै गए ती सुन्दरीका अघि म
कसरी भनौँ हजुर यो प्रेमी लाचार भो
गजल-कविताले के बयान गर्ला उसको
जब तस्बिरले नै यो दिलमा प्रहार भो ।
Liked by: