परेली त सुक्खा राखी, यो मन रुझाउदै छु।
मन नहुदा नहुदै पनि चित्त बुझाउदै छु।
जति पर्खी बसे पनि न आउनेकै लागि
फर्किन्छ कि भन्ने आसमा नजर डुलाउदै छु।
उसले दिएको रुमाल जस्तै फाट्याे यो मन पनि
अँखाबाट आहाल बगाइ यो मन सिलाउदै छु।
जिम्दगिको मोडले मलाई कहाँ ल्यायो थाहा छैन
अझै लक्ष्य भेट्ने आसमा पाइला मिलाउदै छु।
Liked by: