Rudraksha Mahima Tatha Parichya Bhaag | Hamro Patro

ब्लग - साहित्य / हाम्रो ज्योतिष

रुद्राक्ष महिमा तथा परिचय भाग - ७





एक्काइसमुखी रुद्राक्षः– एक्काइसमुखी रुद्राक्षले भगवान कुबेरलाई दर्शाउँछ जो धन सम्पदाका स्वामी हुन्। यसको अतिरिक्त यसले भगवान शंकरको पनि प्रतिनिधित्व गर्दछ। एक्काइसमुखी रुद्राक्ष सबै रुद्राक्षमा एक मुख्य रुद्राक्ष हो। भगवान ब्रह्मा, विष्णु महेश तथा अन्य सबै देवी देवताहरु यो रुद्राक्षमा निवास गर्दछन्। प्राचीन शास्त्रहरुको अनुसार जब एक्काइसमुखी रुद्राक्षलाई पूजाको स्थानमा राखिएको थियो तब सबै देवी देवताहरु यही रुद्राक्षको चारैतर्फ आएर आफूलाई स्थापित गरेका थिए। यो रुद्राक्षको प्रभावबाट कुबेर जस्तै धन–सम्पत्तिको भण्डार सधैं भइरहन्छ। प्रत्येक ठाउँमा विजय प्राप्त हुन्छ। यसलाई घरमा राख्नाले शान्ति, सद्भावको वातावरण उत्पत्र हुन्छ तथा यसले अपार समृद्धि लिएर आउँछ। मान्यता छ कि यसलाई धारण गर्नाले ब्रह्महत्या, गौहत्या तथा ब्राह्मण हत्या जस्ता पापबाट मुक्ति मिल्दछ। शिक्षा होस् या व्यवसाय,
राजनीति होस्या सामाजिक सेवा, प्रशासनिक क्षेत्र होस्या एक स्वामित्वको उद्योग सर्वत्र सफलता प्राप्ति हुन्छ। निन्दा गर्ने कोही पनि हुँदैनन् वा यो रुद्राक्ष धारण गर्ने जातकको मन, वचन तथा कर्मबाट निन्दित कर्म हुँदैन। यो रुद्राक्ष पनि बीसमुखी रुद्राक्ष सरह कुनै साप्ताहिक यज्ञको सांगताको अवसर पारेर सोमवारका दिन “ॐ नमः शिवाय” जप गर्दै धारण गर्नु पर्दछ।

लाभः– प्राचीन वैदिक ग्रन्थको अनुसार एक्काइसमुखी रुद्राक्षले सकारात्मक ऊर्जाको संचार गर्दछ। यसलाई धारण गर्नाले निर्धन पनि धनवान हुन्छ। अलख निरंजन रूपमा यो रुद्राक्षले मनुष्यलाई भक्तिको रसमा लीन गर्दछ। यो रुद्राक्षले मनुष्यलाई प्रत्येक क्षेत्रमा सफलता प्राप्त गराउँदछ। यो रुद्राक्ष ती व्यक्तिहरुका लागि अत्यन्त लाभदायी हुन्छ जो जीवनमा अनेक ऊँचाई प्राप्तगर्न चाहन्छन्। जस्तो कि– वरिष्ठ अधिकारी, ठुलठूला व्यापारी, राजनेता, अभिनेता, धर्मनेता, निर्माता तथा निर्देशक बत्र चाहनेहरुका लागि लाभदायक हुन्छ। यसलाई धारण गर्नाले स्वास्थ्य राम्रो बन्दछ र योपनि तन्त्र, मन्त्र तथा अन्य नकारात्मक शक्तिबाट बचाउनमा उपयोगी सिद्धहुन्छ।

यसरी यहाँ एकमुखी रुद्राक्षदेखि एक्काइसमुखी रुद्राक्षको विषयमा विस्तार पूर्वक उनीहरूको प्रभाव, लाभ तथा धारण विधि लेख्यौं। यी रुद्राक्षका अतिरिक्त अरु पनि रुद्राक्ष हुन्छन्र ती हुन् ?

गणेश रुद्राक्ष, गौरी–शंकर रुद्राक्ष, त्रिजुटी रुद्राक्ष, गर्भ गौरी रुद्राक्ष र सर्पमुखी रुद्राक्ष।
१. गणेश रुद्राक्षः– यो रुद्राक्षमा गणेशको सूँड बनेको हुन्छ भने दायाँ र वायाँ भागमा ऋद्धि, सिद्धि हुन्छन्। यो रुद्राक्ष धारण गर्नाले मानसिक शक्ति बढ्छ, हीन भावना, दुर्बलता तथा तनाव घट्दछ। कुनैपनि निकटतम व्यक्तिहरूसंग वैमनस्यता छ भने त्यो पनि समाप्त हुन्छ, बारम्बार गर्दाखेरि पनि कुनै काममा सफलता प्राप्त भएको छैन र बुद्धि कलुशित छ भने यी सबैमा फायदा मिल्दछ। यो रुद्राक्ष धारण गर्नु पूर्व गणेश अथर्वशीर्षको सहश्र पारायण गरेर मंगलवारका दिन “ॐ गं गणपतये नमः” यो मन्त्र जप गर्दै धारण गर्नु पर्दछ।

२. गौरी–शंकर रुद्राक्षः– यो रुद्राक्षलाई शिव–पार्वतीको प्रतीक मानिन्छ। यो रुद्राक्ष धारण गर्नाले पति–पत्नी बीच एकात्म भाव जागृत हुन्छ, पारिवारिक सुखमा उत्तरोत्तर वृद्धि हुन्छ। विवाहमा विलम्ब भएको खण्डमा यो रुद्राक्ष धारण गर्नाले शीघ्र विवाह हुन्छ। सन्तान बाधा भएमा वा सन्तान सबल र पुष्ट न जन्मेमा वा पुत्र–पुत्रीको अभीष्ट इच्छा पूर्ण नभएमा यो रुद्राक्ष धारण गर्नाले मनोरथ पूर्ण हुन्छ। त्यस्तै कसैमा कुनै लक्ष्य प्राप्त गर्न धेरै समय लागेको वा लक्ष्यलाई चित्र सक्ने क्षमता नभएमा र सही मार्गदर्शक नभेटिएको खण्डमा यो रुद्राक्ष धारण गर्नु पर्दछ। अनि अर्को कुरा यदि कसैको शरीरमा तापक्रम घट्बढ हुने, ज्वरो समय–समयमा आइराख्ने, गर्मी वा जाडो सहन गर्न नसक्ने तथा शरीर दुर्बल हुनेहरूले यो रुद्राक्ष धारण गर्नु पर्दछ। धारण गर्ने जातकले प्रदोष कालिन तिथिमा शिव–पार्वतीको पूजन गरेर यो रुद्राक्ष सोमवारका दिन “ॐ नमः शिवाय” जप गर्दै
धारण गर्नु पर्दछ। तब मात्र यो रुद्राक्ष प्रभावशाली हुन्छ।

३. त्रिजुटी रुद्राक्षः– एकै साथमा तीन रुद्राक्ष टाँसिएर बनेको रुद्राक्षलाई त्रिजुटी रुद्राक्ष भनिन्छ। बीचको रुद्राक्ष बाल हुन्छ भने त्यसको दायाँ र वायाँ भागमा दुईवटा रुद्राक्ष हुन्छन्। देख्नमा सिङ्गा– सिङ्गै देखिए पनि पूर्ण कुनैपनि हुँदैनन्, यो एउटा दुर्बल प्रक्रिया हो। यो रुद्राक्षलाई शक्ति पीठ या ब्रह्मा, विष्णु, महेश रुद्राक्ष पनि भनिन्छ। कसै कसैले यो रुद्राक्षलाई भगवान शिवको परिवारको रूपमा परिभाषित गर्दछन् जसमा शिव, गणेश र माता पार्वतीको उल्लेख गरिएको छ। यो एउटा दुर्लभ रुद्राक्ष हो जो सरलता पूर्वक प्राप्त हुँदैन र यो रुद्राक्षमा एकमुखी, चौदहमुखी र गौरी शंकर रुद्राक्षको गुण समाहित हुन्छ। यो रुद्राक्ष धारण गर्ने जातक सम्पूर्ण विश्वलाई आफ्नो आँखाले देख्न सक्ने हुन्छ वा ज्ञानद्वारा देख्न सक्ने शक्ति प्राप्त गर्छ अर्थात्श्रेष्ठ विचारक तथा दार्शनिक बन्दछ। व्यापार वा व्यवसायमा उसलाई कसैले पनि हराउन सक्दैनन्। यो रुद्राक्ष धारण गर्नु भन्दा पूर्व रुद्राक्षलाई लघुरुद्रीद्वारा अभिषेक गरेर मात्र सोमवारका दिन “ॐ नमः शिवाय” जप गर्दै धारण गर्नु पर्दछ।

४. गर्भ गौरी रुद्राक्षः– अत्यन्त दुर्लभ यो गर्भ गौरी रुद्राक्षलाई माता गौरी तथा उनका पुत्र विघ्नहर्ता गणेशको स्वरूप मानिएको छ। यो गर्भ गौरी रुद्राक्ष गौरी शंकर रुद्राक्षको समान नै देखाई दिन्छ। जहाँ गौरी शंकर रुद्राक्षमा रुद्राक्षको आकार एक समान हुन्छ त्यहीं गर्भ गौरी रुद्राक्षमा एक रुद्राक्ष अन्यको तुलनामा आकारमा सानो हुन्छ। यो रुद्राक्षमा एउटा ठूलो रुद्राक्षले देवी पार्वतीलाई दर्शाउछ भने अन्य रुद्राक्षले पुत्र रूपमा भगवान गणेशलाई दर्शाउछ।

लाभः– गर्भ गौरी रुद्राक्ष धारण गर्नाले खुशी तथा प्रसत्रताको अनुभव हुन्छ। महिलाले यसलाई धारण गर्नाले मातृसुख प्राप्तहुन्छ। गर्भाधानमा विलम्ब तथा समस्याबाट ग्रस्त महिलाहरुले यसलाई अवश्य नै धारण गर्नुपर्दछ। गर्भ गौरी रुद्राक्ष माँ तथा पुत्रको मध्य राम्रो सम्बन्ध बनाउनमा सहायक तथा पैतृक सम्बन्धमा प्रगाढ बनाई राख्नमा एक उत्कृष्ट रुद्राक्ष हो। यो रुद्राक्ष ती महिलाहरुका लागि धेरै नै लाभदायक हो जो सन्तानको कामना राख्दछन् या जसलाई कुनै कारण वश सन्तान उत्पत्तिमा विलम्बको सामना गर्नु परेको छ। यसको साथै साथ यो रुद्राक्षले गर्भको सुरक्षा गर्दछ तथा जसको गर्भ बस्दैन गर्भपात भैरहन्छ तिनका लागि यो रुद्राक्ष अमुल्य निधि हो।

नोटः– गर्भ गौरी रुद्राक्षलाई शुक्लपक्षको सोमवारका दिन प्रातःकाल पूजापाठको उपरान्त सुन तथा चाँदीमा अथवा धागामा उनेर मन्त्र जपद्वारा धारण गर्नु पर्दछ। यो रुद्राक्ष विशेष रूपले महिलाहरुका लागि उपयोगी सिद्ध हुन्छ। “ॐ गर्भ गौय्र्यै नमः” मन्त्रको जपगर्नु अथवा “ॐ नमः शिवााय” को जपगर्नु।

५. सर्पमुखी रुद्राक्ष÷नागफनी रुद्राक्षः– यो रुद्राक्षमा सर्पको फन जस्तो एक आकार बनेको हुन्छ त्यसैले यसलाई सर्पमुखी तथा नागफनी रुद्राक्ष भनिन्छ। यो रुद्राक्षले कालसर्पयोगको दोषलाई समाप्त गर्दछ तथा त्यसको दुष्प्रभावलाई नियन्त्रणमा राख्नका लागि यो रुद्राक्ष धारण गरिन्छ। यसको अतिरिक्त अन्य सर्पदोषलाई समाप्त गर्नका लागि यो रुद्राक्ष अत्यन्त लाभदायक हुन्छ। यो रुद्राक्ष धारण गर्ने व्यक्तिलाई सर्पजस्तो विषयुक्त जीवको भयले सताउँदैन, व्यक्तिमा भएको आत्मविश्वासको कमीलाई पनि यो रुद्राक्षले फायदा दिन्छ। यसले व्यक्तिमा उत्साह एवं उर्जाको संचार गर्दछ र क्रोध तथा व्यक्तिमा भएको चिडचिडापनबाट पनि मुक्त गर्दछ। यसले व्यक्तिलाई धन–धान्यले परिपूर्ण गराउँछ र हानिबाट बचाउँछ।

कुनैपनि रुद्राक्षलाई धातु (सुन, चाँदी, ताँमा) को तार अथवा सेतो वा पहेंलो धागोमा उनेर धारण गर्न सकिन्छ। पुरुष वा महिला दुबैले यो धारण गर्न सक्छन्। स्त्री रजोवती भएपनि कण्ठमा धारण गरेको हुनाले अशुद्ध मानिदैन। यदि पाखुरामा बाँधेको छ भने महिनावारीको समयमा झिकेर शुद्ध ठाउँमा राख्नु पर्दछ। ब्राह्मण, क्षत्रिय, वैश्य तथा शूद्र चारै वर्णका मानिसले रुद्राक्ष धारण गर्न सक्छन्। जातिले शूद्र भएता पनि सात्विक विचार धारा भएमा विद्वान ब्राह्मणसंग प्रायश्चित्त गरेमा धारण गर्न सकिन्छ। भनिन्छ कि “रुद्राक्ष धारणं यत्र अन्योन्यायं न विद्यते”।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.