वैवाहिक जीवनमा गुण मिलानको महत्त्वपूर्ण भूमिका रहन्छ । ज्योतिष शास्त्रीय मान्यता अनुसार विवाहमा अष्टकुट मिलान गरिन्छ । जस अन्तर्गत १ वर्ण, २ वश्य, ३ तारा, ४ योनि, ५ गण ग्रहमैत्री, ७ भकुट र ८ नाडी यी अष्टकुट मिलान गरेर गुण मिलान गरिन्छ । वैवाहिक जीवन सुखमय र आनन्दित होस् भन्नका लागि नाडीको महत्त्वपूर्ण भूमिका हुन्छ । नाडीको सम्बन्ध शरिरको संरचनासँग रहन्छ वैज्ञानिक रुपमा नाडीलाई ब्लड ग्रुपको रुपमा मानिने नाडीलाई कफ, वात र पित्तको रुपमा मानिन्छ एकै नाडी भएमा कफ, वात र पित्तको पनि प्रबलता हुने भएकाले भिन्न नाडी भएको राम्रो मानिन्छ, नाडीलाई निम्नानुसार विभाजन गरिन्छ :
क. अश्विनी, आद्र्रा, पुनर्वसु, उत्तरफाल्गुनी, हस्ता, ज्येष्ठा, मूल, शतभिषा, पूर्व भाद्रपदा यी नक्षत्रको आद्य नाडी हुन्छ ।
ख. भरणी, मृगशिरा, पुष्य पूर्वफाल्गुनी, चित्रा, अनुराधा, पूर्वषाढा, धनिष्ठा, उत्तरभाद्रपदा, यी नक्षत्रको मध्य नाडी हुन्छ ।
ग. कृतिका, रोहिणी, अश्लेषा, मघा, स्वाती, विशाखा, उत्तराषाढा, श्रवण रेवती यी नक्षत्रको अन्त्यनाडी हुन्छ ।
वर वधु दुबैको आद्य–आद्य नाडी भएमा वरलाई अनिष्ट हुन्छ । अन्त्य अन्त्य नाडी भएमा वधुलाई अनिष्ट हुन्छ । मध्य मध्य नाडी भएमा दुबैलाई अनिष्ट हुने भएकाले मध्य मध्य नाडी लाई बढी नराम्रो मानेको पाइन्छ । विवाहमा मोटामोटी रुपमा नाडीको मात्र विचार गरेर विवाह राम्रो सुखमय अथवा कष्टकर जीवन व्यतित हुन्छ भन्न सकिदैन त्यसको लागि कुण्डलीको पनि मिलान गर्नु पर्दछ । कसैको गुण मिलानमा ३०–३६ गुण आएर पनि पारिवारक सम्बन्ध नराम्रो हुन सक्दछ, कुण्डलीमा सतमङ्गली आदि योग आदि छन् भनेपनि नराम्रो हुन सक्दछ ।
कसैको गुणमिलानमा थोरै गुण आए पनि नाडी, गण, भकुट, आदि दोष नलागेर वैवाहिक जीवन अति नै राम्रो हुने प्रमाण पनि ज्योतिष शास्त्रमा बताइएको छ ।
राश्यैक्ये चेद्भिन्नमृक्षं द्वयो स्यान्नक्षत्र्यैक्ये राशि युग्मं तथैव ।
नाडी दोषो नो गणानां च दोषो नक्षत्र्यैक्ये पाद भेदे शुभं स्यात् ।।
वर वधुको गुण मिलानका क्रममा दुबैको राशि एकै नक्षत्र भिन्न नक्षत्र एकै राशि भिन्न भएमा र नक्षत्र एकै चरण भिन्न भएमा विवाह राम्रो हुन्छ जस्तै– चुडामणीसँग चुडाकुमारी कन्याको नाम भएमा मिलेन भने चेतनकुमारी, चोलाकुमारी, लालकुमारी आदिसँग नाडी दोष नलागेर शुभ हुन्छ । त्यस्तै
रोहिण्यादि मृगेन्द्राग्नि – पुष्य श्रवण पौष्णवम् ।
अहिर्वुध्न्याक्र्षमेतेषां नाडी दोषो न विद्यते ।।
वरवधु दुबैको रोहिणी, आद्रा मृगशिरा, ज्येष्ठा, कृतिका, तिष्य, श्रवण, रेवति, उत्तरभाद्रपदा यी नक्षत्र भएमा नाडी दोष लाग्दैन विवाह गर्दा शुभ हुन्छ भन्ने शास्त्रीय प्रमाणपनि रहेको छ । नाडी दोषलाई “वर्ण दोषस्तु विप्राणां” भन्ने उक्तिलाई आधार मानेर ब्राह्मण वर्णका व्यक्तिहरुलाई बढी नाडी दोष लाग्ने मान्यता पनि चलि आएको छ ।
अज्ञानताले या जानेर पनि वाध्यतावस नाडी दोष लाग्ने व्यक्तिसँग विवाह भएको छ भने– वस्त्र, सुन आदि दान गर्नुका साथै महामृत्युञ्जयको जप तथा वार्षिक रुपमा पञ्चरुद्राभिषेक लगाउनाले पनि शुभफल पाउन सकिन्छ । अतस् आफ्नो बैवाहिक सम्बन्ध के कस्तो हुन्छ भनेर बुझ्न र दोष निवारणको लागि विज्ञ ज्योतिषको परम आवस्यक छ ।
–ज्यो. पं. मुकुन्द शर्मा
Liked by: