ज्योतिष शास्त्रमा धेरै प्रकारका शुभ अशुभ योग को चर्चा गरिएका छन् । त्यस मध्ये एक योग गुरु चान्डाल योग हो, जसको प्रभाव जव व्यक्तिको कुण्डलिमा निर्माण भयो भने व्यक्ति सफलताको लागि संघर्ष गर्दछ । धनको समस्या ऊत्पन्न हुन्छ । व्यक्ति निराशा र नकारात्मकताले घेरिन्छ । ज्योतिष शास्त्रमा गुरु चाण्डाल योग लाई अत्यन्त अशुभ योग मानिएको छ जुन ब्यक्तिको कुन्डलिमा गुरु चाण्डाल योग को निर्माण भएको छ भने जागिरमा शिक्षा, जागिर, पद, प्रतिष्ठा, विवाह आदिमा समस्या बाधा उत्पन्न हुने गर्दछ र गुप्त विद्याको जानकार पनि गराउछ । गुरु -ज्ञान,धर्म, सात्त्विक,पण्डित्वको कारक मानिन्छ । राहु अनैतिक संबन्ध, अनैतिक कार्य, जुवा, सट्टा, नशा, अवैध ब्यापारको कारक हो । यसले चारित्रिक पतनको अंकूर रोपिदिन्छ । यो यस्तो योग हो जसले ब्यक्तित्वमा भौतिकवादी बनाईदिन्छ । जसकारण ब्यक्ति आफ्नो ईच्छा प्राप्तिको लागि धेरै भन्दा धेरै धनको ईच्छाले गर्दा अनैतिक अथवा अबैध कार्यमा संलग्न हुन जान्छ । सामान्यतया यो योगलाई अशुभ नै मानिन्छ । जुन भावमा हुन्छ त्यस भावको फललाई कमि ल्याईदिन्छ । विशेष लग्न(१), पचंम् (५), सप्तम् (७), नवम् (९), या एकादशको (११) स्वामि भएर चाण्डाल योग बनाउछ भने जिवनमा धैरै संघर्ष गर्नु पर्दछ कति चोटि त गलत निर्णयले गर्दा नोक्सान हुन्छ र पद प्रतिष्ठामा पनि आँच आउने गर्दछ । गुरु ज्ञान हो भने राहु छायाँ हो गुरु नीच भयो भने निरन्तर भ्रम, सन्देहको स्थिति बनाउछ र गलत निर्णयलाई बढावा दिने गर्दछ ।
कसरि निवािण गर्ने त? चाण्डाल योग ।
गुरुबारको दिन पहेंलो रंग दान गर्ने जस्तै-
चनाको दाल, बेसार, बेसन, पहेंलो रंगको वस्त्र, पहेंलो रंगको चुरा दान गर्दा शुभफल पाईन्छ ।गुरुबारको दिन केसरको चन्दन नित्य लगाउनाले पनि यसको शुभ प्रभावमा वृद्धि हुन्छ भने गुरु समान् पिता बृद्ध व्यक्तिको सेवा गर्नाले पनि शुभफल प्रदान गर्दछ । अन्य विशेष जानकारिको लागि नजिकैको ज्योतषी संग परामर्ष लिन सक्न हुनेछ ।
-ज्यो. स्मारीका आचार्य
Liked by: