ॐ गुरुर्ब्रहमा गुरुर्विष्णुर्गुरुर्देवो महेश्वरः
गुरुः साक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः।
आषाढ शुक्ल पक्षको पूर्णिमालाई विशेष गरी गुरु पूर्णिमा भनिन्छ। 'गु भनेको अज्ञान रुपी अन्धकार हो भने रु' भनेको ज्ञान रुपी प्रकाश हो। अन्धकारमा रुमलिएका व्यक्तिलाई जान रुपी गंगामा डुबुल्की मार्न सिकाउने व्यक्ती नै गुरु हुन् । पहिलो गुरु जन्मदिने मातापिता हुन् भने दोस्रो गुरु शिक्षा-दीक्षा दिने व्यक्ती हुन् ।
यस पूर्णिमालाई विश्व गुरु महर्षिको जन्म जयन्तिको रूपमा पनि मनाइने गरिन्छ । सारा संसारको
अन्धकारलाई नष्ट गर्न र जानको अखण्ड दीप बाल्न वेद व्यासले वेदलाई 4 भागमा विभक्त साथै अन्य पौराणिक ग्रन्थको रचना गरेको पाइन्छ ।
यस दिन उनै जन्मदिने, शिक्षा-दीक्षा दिने र पौराणिक ग्रन्थको रचना गर्ने व्यक्तिहरूलाई अर्चना गरिन्छ र उनीहरूबाट आशीर्वाद लिने गरिन्छ। विद्यार्थीहरूले आफ्ना विद्यालयमा गुरु, गुरुआमाहरूलाई श्रद्धा- सम्मान, भेटी र मिठा मिठा खानेकुराका परिकार दिई यो पर्व मनाउने गर्दछन् ।
- ज्यो. पण्डित मुकुन्द नेपाल
Liked by: