सनातन धर्ममा ज्योतिष शास्त्रको विशेष महत्त्व छ ।यो शास्त्रमा ग्रह, नक्षत्र, ताराद्वारा पंचतत्वलाई दिएको उर्जाबाट ठीक-ठीक प्रबन्धन एवं नियमको कार्य गर्दछ ।
“कालबिधानशास्त्र” अर्थात काल (समय) को लाई विशेष मूर्त-अमूर्त भेदको विवेचन गर्दै विश्व ब्रह्माण्डमा र मानव संसारमा उद्देश्य आफ्नो इच्छा आकांक्षा पूर्ति निमित्त यज्ञादिको नियमको निमित्त पनि ज्योतिषको मूख्य भूमिका रहेको हुन्छ । अनिष्ट उपायको रूपमा वेदले यज्ञ उद्देश्य पूर्ण हुदैँन र शुभ अशुभ फलको फलित गर्नु ज्योतिषको मूख्य कार्य हो ।
काल, पिण्ड, एवं स्थान देश सापेक्ष हुन्छ । विना देशज्ञानको समयलाई बुझाउन सकिदैन या ज्ञान हुदैँन यथार्थ समयको ज्ञान ज्योतिष शास्त्रलाई दिईएको छ । किनकि देश, एवं काल ज्योतिषको मूख्य विषय हो ।
यज्ञ, अध्ययन, संक्रान्ति, ग्रह एवं षोडशसं स्कारादिको समय निर्धारण गर्नु नै शास्त्रको मूख्य उद्देश्य हो त्यहि षोडशसंस्कार मध्ये विवाह पनि एउटा संस्कार हो ग्रहको उर्जालाई हेरेर विवाहको पुरै जानकारी लिन सकिन्छ । यसको लागि विद्धान ज्योतिषको सल्लाह लिएर अगाडि बढ्दा राम्रो हुन्छ ।
शुभ अशुभको विचार गर्दा मूख्य त गुरु शुक्र र चतुर्थ र सप्तम भावलाई हेर्नु पर्ने हुन्छ । सुख र जीवन एक नर एक नारीको सामाजिक, धार्मिकरूपबाट एक अर्का सँग जीवन व्यतित गर्ने सम्बन्ध जोड्ने काम गर्दछ । यसमा दुवै पक्षको कुण्डलीमा रहेको ग्रह नक्षत्रको मिलान हुनु अति नै आवश्यक छ ।
-ज्योतिष स्मारीका आचार्य
Liked by: