कहिले हुन्छ तपाईंको विवाह ? | Hamro Patro

ब्लग - साहित्य / हाम्रो ज्योतिष

कहिले हुन्छ तपाईंको विवाह ?





ढिलो विवाह हुनाले परिणामस्वरूप हामीले उपयुक्क्त जीवन साथी भेटाउन गाह्रो हुन्छ । विवाहमा ढिलाई भएको तब महसुस हुन्छ, जब विवाहको कुरा चलेतापानी विवाहमा कुनैन कुनै कारणले वाधा आउँछ । पुरानो समयमा जब बाल विवाह हुन्थ्यो त्यस बेला बीस वर्षको उमेर धेरै मानिन्थ्यो, तर अहिले त्यस्तो परिस्थिति छैन । हाम्रो जन्म कुण्डलीको सातौं घरले भन्दछ कि तपाईंको विवाह कुन समयमा हुन्छ, प्रेम विवाह या मागी विवाह हुन्छ र विवाहको लागि कुन दिशा उपयुक्त हुन्छ र जहाँ कम प्रयास गर्नाले मात्र चाँडै विवाह हुन सक्छ ।

वृहस्पति, शुक्र, बुध र चंद्रमा यो सबै शुभ ग्रह हो । यी शुभ ग्ह मध्ये कुनै ग्रह यदि सातौं घरमा बसेको छ भने विवाहमा आउने समस्या स्वत: समाप्त हुन्छ र विवाहलाई धेरै सकय पर्खिनु पर्दै, यदि शुभ ग्रहसंग अन्य राहु, केतु, मंगल, शनि र सूर्य यी पाप ग्रह बसेको छ भने विवाहमा व्यवधान अवश्य आउन सक्छ र पाप ग्रह सातौं घरमा बस्नाले कुनै पनि प्रकारको संबंध, विवाह या दाम्पत्य सुखको लागि त्यति शुभ मानिन्न ।

२० देखि २५ वर्षको उमेरमा विवाह :-
हाम्रो जन्मकुण्डलीको सातौं घरमा बुध भए बुधग्रहको प्रभावले चाँडै विवाह गराउने योग बन्दछ । बुध सूर्यसंग भए दुई वर्ष ढिलो विवाह अवश्य हुन्छ अत: २२ वर्षमा विवाहको योग बन्दछ । यदि सूर्यको अंश क्षीण भए विवाह मात्रै २०/२१ वर्षमा नै हुन्छ । अत: अभिप्राय यो छ कि जब बुध सातौँ घरमा भए २० देखि २५ वर्षको उमेरमा विवाहको योग बन्दछ ।

२५ देखि २७ वर्षको उमेरमा विवाह :-
हाम्रो जन्मकुण्डलीको सातौं घरमा यदि वृहस्पति, शुक्र या चन्द्रमा तपाईंको जन्मकुण्डलीको सातौं घरमा भए भए २४/२५ वर्षको उमेरमा विवाह हुने संभावना प्रबल रहन्छ । वृहस्पति सातौं घरमा भए विवाह २५ वर्षको उमेरमा हुन्छ तर वृहस्पतिमा सूर्य या मंगलको प्रभाव भए विवाहमा एक वर्षको ढिलाई हुन सक्छ, राहु या शनिको प्रभाव भए दुई वर्षको ढिलाई यानी २७ वर्षमा मात्र विवाहको योग बन्दछ । शुक्र सातौं होस् र शुक्रमा मंगल, सूर्यको प्रभाव भए विवाहमा अरु दुई वर्ष ढिलाई हुन्छ, शनिको प्रभाव भए एक वर्ष यानी कि छब्बीस वर्षमा र यदि राहुको प्रभाव शुक्रमा भए विवाहमा दुई वर्षको ढिलाई हुन्छ । चन्द्रमा हाम्रो जन्मकुण्डलीको सातौं घरमा भए र चन्द्रमामा सूर्य या मंगल मा कुनै एकको प्रभाव भए विवाह २६ वर्षमा हुने योग बन्दछ । शनिको प्रभाव मंगलमा भए विवाहमा अझै तीन वर्षको ढिलाई हुन्छ । राहुको प्रभाव भए २७ वर्षको उमेरमा धेरै बिघ्न वाधा सहेर विवाह हुन्छ । जन्मकुण्डलीको सातौं घरमा यदि सूर्य भए र उसमा कुनै अशुभ ग्रहको प्रभाव नभएमा २७ वर्षको उमेरमा विवाहको योग बन्दाछ, यदि सूर्यसंग शुभ ग्रहभए विवाह यति ढिलो हुन्न ।

२८ देखि ३२ वर्षको उमेरमा विवाह :-
मंगल, राहु र केतु मध्ये कुनै एउटा ग्रह सातौ घरमा भए वैवाहिक जीवनमा धेरै समस्या सहित ढिलाई हुन सक्छ । जति अशुभ ग्रह सातौं घरमा बस्दछ विवाहमा ढिलाई त्यातिनै ढिलाई हुन्छ । मंगल सातौं घरमा भए २७ वर्षको उमेर भन्दा पहिले विवाह हुन दिन्न । सातौं घरमा राहु भए विवाहमा धेरै झमेला आउँछ र विवाह हुन दिंदैन, कुराकानी पक्का भएपनि सम्बन्ध जोडिन पाउँदैन । केतु सातौ घरमा भए शत्रुहरूको कारणले विवाहमा ढिलाई र वाधा आउँछ । शनि सातौँ भए आफ्नो जीवन साथी व्यावहारिक र विश्वासिलो हुन सक्छ । सातौं घरमा शनि योगकारक भएपनि विवाहमा ढिलाई हुन्छ, शनि सातौं भए अधिकांश व्यक्तिको विवाह ३० वर्षको उमेरपछि मात्र विवाह हुन्छ ।

३२ देखि ४० वर्षको उमेरमा विवाह :-
विवाहमा यति ढिलाई तब हुन्छ जब एक भन्दा बढी अशुभ ग्रहहरूको प्रभाव सातौं घरमा भए, शनि, मंगल, शनि राहु, मंगल राहु या शनि सूर्य या सूर्य मंगल, सूर्य राहु एकै ठाउँमा सातौं या आठौँ भावमा भए विवाहमा एकदमै ढिलाई हुने सम्भावना प्रवल हुन्छ, तर ग्रहको राशि,अंश र बलाबलआदिको विचारले धेरै कुराको निर्भर गर्दछ, तर जे भएपनि सातौं भावमा पाप ग्रह छ भने छिटो विवाहहुने सम्भावना हुँदैन ।

विवाहमा ढिलाई हुनुको कारण उपरोक्त नियम भएतापनि यस बाहेक जन्मकुण्डलीको बाह्रवटै भाव, गति (बक्री/मार्गी), व्यक्तिको चलिरहेको महादशा, अन्तरदशा, प्रत्यान्तरदशा, गोचर, उच्च, नीच, स्वगृही, शत्रुगृही, भिन्नभिन्न ग्रहसँगको सम्बन्ध आदिका अधारमा विज्ञहरू द्वारा कुण्डलीको अधिक सूक्ष्म विश्लेषण गर्न आवश्यक छ । अस्तु ।।

- ज्यो.प. नारायणप्रसाद दुलाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.