Krishna Janmastamiko Mahatwo Ke Ho Ra Kina Manainchha | Hamro Patro

ब्लग - साहित्य / हाम्रो ज्योतिष

कृष्ण जन्माष्टमीको महत्व के हो र किन मनाइन्छ?





श्रीकृष्णजन्माष्टमी आज श्रीकृष्ण जन्माष्टमि २०८१-०५-१० गते सनातन भगवान कृष्णको जन्म भएको दिनको सम्झना गर्दै आजको दिन भब्य रुपमा मनाउने गर्छन् । पुराणका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा रेवति नक्षत्रमा भगवान् विष्णुको आठौं अवतारका रुपमा कृष्ण जन्मिएका हुन् । मध्यकालमा ललितपुरका राजा सिद्धिनरसिंह मल्लले पाटनमा २१ गजुर भएको कृष्णमन्दिर बनाएपछि नेपाल अधिराज्यमा कृष्ण विषेश प्रख्यात भएको र मल्लराजाहरुमा कला बनाउने प्रतियोगिता हुँदा राजा सिद्धिनरसिंह मल्लले ढुङ्गाको सुन्दर र ठूलो पाटनको कृष्ण मन्दिर बनाउनु भएको थियो ।

कृष्ण जन्माष्टमी :
धर्मको रक्षा र अधर्मको नाश जन्माष्टमी अधिराज्यका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णले अन्याय,अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवलाई संरक्षण गर्न भगवान विष्णुको आठौँ अवतारको रुपमा कृष्णले जन्म लिनुभएको भनिन्छ । ज्ञानयोग,कर्मयोग,भक्तियोगका प्रणेता भगवान् कृष्णको जन्म द्वापरयुगमा भएको मानिन्छ।

कति धर्मज्ञाताहरुले कृष्णको अर्थ कृष्ण भनेको कालि र राधा भनेको शिव पनि भन्नुहुन्छ। तर कृष्णको अर्थ कर्शयति-आकर्शयति ईति कृष्ण सारासंन्सारलाई मोहित गर्ने माया हुन् कृष्ण । यस्तै गुरुङ,मगर,थारुसमुदायका मन्छेहरुले अलग अलग तरिकाले मनाउने चलन पनि छ । यसै उपलक्ष्यमा काठमाण्डऔंका विभिन्न क्षेत्रमा मठमन्दिरहरुमा घुईचो लाग्छ ।

कसरि मनाउने त यो पर्व
प्रात काल आफ्नो नित्य कर्म गरि सकेर दिनभरि भगवानको नाम संकिर्न गरि मध्य रात्रिमा बालमुकुन्द भगवानको षोडशोपचारले श्रीपुरुषशुक्तले स्नान गराई दहि,मख्नन,मिस्रि फल मिठाईको भोग लगाएर आरति पुष्पषञ्जलि गर्नु र भोलिपल्ट पनि पुजा गरि ब्रत सक्याउनु ।

मन्त्र:‌ॐ नमो भगवते वासुदेवाय १०८ जप गर्नु

गोपाल सहस्रनाम पाठ गर्नु
यस प्रकार महान पर्व श्रीकृष्णजन्माष्टमीले भगवानको प्रिय बन्नकोलागि सदा धर्मको पालना गर्नुपर्ने शन्देश दिन्छ । मन वचन कर्म पवित्र राख्नुपर्ने सन्देश दिन्छ यस्ता पवित्र पर्वलाई रमझमको रुपमा मात्र नहेरि यिनको मर्मबुझि सत्कर्म गर्न सके सबैको कल्याण हुनेछ । विश्वमा समता शान्ति र अहिंसाको सुवास फैलिने छ।  

जय श्री कृष्ण

-ज्यो .दिपक प्रसाद काफ्ले



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.