गोपेश गोपिकाकान्त राधाकान्त नमोस्तुते।।
करुणाका सागर, दु;खीहरुका सखा, संसारका स्वामी, गोपालहरुका ईश्वर,गोपीहरुका प्रिय र राधिकाका प्रिय प्यारा हे कृष्ण!म हजुरको वन्दना गर्दछु।
श्रीकृष्ण जन्माष्टमि हिन्दु धर्माम्बलम्बिहरुको माहान् चाड्। भगवान श्रीकृष्णको जन्म लगभग ईशा पुर्व ३११२(आज भन्दा ५१३१ बर्ष पहिला)मथुरामा भएको थियो जन्म देखि निर्वाण सम्म भगवान् कृष्णको जिवनका घटनाहरु निकै रोमान्च छन्।
कृष्णका मामा कंसलाई वासुदेव र देवकिको सन्तान मात्र तिम्रो मृत्युको कारण हुनेछ, भनेपछी त्यसैले उनले वासुदेव र देवकीलाई कारागारमा राखे।शास्त्र अनुसार भगवान विष्णु देवकिको गर्भबाट कृष्णको रुपमा जन्मनु पर्ने थियो। तव उनको ८ औं अवतारको रुपमा भाद्रकृष्णपक्षको रातको ७औं मुहुर्तमा ८औं वैश्यमनुका सन्तानको रुपमा जन्म भयो । ज्योतिषहरुका अनुसार सबेे भन्दा शुभ लग्न मध्यरातमा थियो त्यो लग्नमा शुभ ग्रहहरु मात्र देखिन्थ्यो। रोहिणि नक्षत्र र अष्टमि तिथिको संयोगले, कृष्ण शक्तिशालि पुरुषको रुपमा सावित भये ।
पहिलो रोचक घटना-
-जब कृष्णको जन्म भयो जेलमा मायाको कारणले सबै सेना गहिरो निन्द्रामा हुनु
-ठूलो पानि पर्नु
-जेलको ढोका आफै खोलिनु
-यमुना नदि तर्दा यमुनाले भगवानको चरण श्पर्स गर्नु र नदि दुईभागमा बाडिनु
दोस्रो रोचक घटना
पुतना बध-बसुदेव र देवकीले उनिहरुको छोरालाई कतै लुकायेका छन् भन्ने जव कंसलाई थाहा भयो त्यसपछि कंसले आफ्ना सेनाहरुलाई चारै दिशा पठाए र सबै बालकलाई मार्न भने त्यहि क्रममा पुतनाले माताको रुप धारण गरेर स्तनपान गराउदा भगवानले पुतना बध गर्नु भयो।
तेस्रो रोचक घटना
प्रेमलीला-
श्रीमद्भागवद् र विष्णुपुराणका अनुसार कंसको अत्याचार बाट बच्न नन्द जी र ग्वालाहरु सहित नन्द गाउकोबृन्दावनमा वसोवास गरे।विष्णुपुराणले पनि कृष्णको वृन्दावनमा बिताएको समयको वर्णन गर्दछ। कृष्ण र राधाको प्रेम कथा साथमा स्नान गर्नेठाउ जसलाई संयोग तिर्थको नामले प्रख्यात छ। प्रेम गर्ने जोडिहरुका लागि संयोग तिर्थ सधै अमर रहन्छ भन्ने जनबिश्वास छ।
गोबर्धन पर्बत चौथो रोचक घटना-
बृन्दाबन नजिकैको गोबर्धन पर्बत जाहाँ कृष्णले मानिस हरुलाई इन्द्रको क्रोधबाट बचाए र एकमात्र सहारा मैं हुँ भनि सरणमा लिनुभयो र त्यहाँ नन्द इन्द्रको पुजा गर्थे ।तर श्रीकृष्णले यसलाई बन्द गराई कार्तिक महिनामा अन्नकूटको चाड सुरु गराउनु भयो।
पाचौं रोचक घटना-
गुरुको आश्रममा कंसको बध गरे पस्चात कृष्णले आफ्ना माता पितालाई जेल मुक्त गरे आफ्ना हजुरबा उग्रसेनलाई राज गद्दिमा बसाए अनि दुबै भाई शिक्षाको लागि सान्दिपनि आश्रममा जानुभयो शिक्षा र दिक्षा लिए पस्चात मथुरा फर्केर मथुराको शासन हेर्न थाल्नु भयो।
के हो त ?भगवान कृष्णको सार -शक्तिशाली योद्धा अर्जुनले आफ्नै गुरुहरु र साथिहरु जस्ता अत्यन्त घनिष्ट सम्बन्घीहरुलाइ युद्ध्मा जीवन उत्सर्ग गर्न तयार भएर उभिएकाविपक्षी सैनिक हरुका बीचमा देख्दा उनि सोक र ब्याकुलताले विह्वल भई आफ्नो शक्ति गुमाउन पुग्दछन्। उनको मन मोहग्रस्त हुन्छ र उनि युद्ध गर्ने सङ्कल्प छोडिदिन्छन। कृष्णले अर्जुनलाई अविनाशि आत्मा र विनाशशील भौतिक शरिरका विचमा रहेको आधारभुत अन्तरको ब्याख्या गर्दै उपदेश दिन थाल्नु हुन्छ। यस भौतिक संसारमा मानिस कुनै न कुनै कर्ममा संलग्न हुनै पर्दछ तर तिनै कर्मले मानिसलाई संसारबाट मुक्तपनि बनाउदछ र बन्धनमा पनि पार्दछ।आत्मा र ईश्वर तथा यी दुईको संबन्ध विषयक दिब्य ज्ञानले मानिसको सुद्दिकरण गर्दछ।भगवान चेतन हुनुहुन्छ हुन त जीव पनि चेतन नै हो तर उ आफ्नो सरिर प्रति मात्र सचेत छ र ईश्वर समग्र सरीर प्रति।
श्रीकृष्ण जन्माष्टमि को हार्दिक शुभकामना |
-ज्यो .दिपक प्रसाद काफ्ले
Liked by: