ज्योतिष शास्त्र अनुसार कुनै पनि ग्रह एक राशिबाट अर्काे राशिमा जाने क्रमलाई नै संक्रान्ति भनिन्छ । तर यहाँ अन्य ग्रहहरुको बिम्ब सानो हुने भएकाले संक्रान्ति काल वा समय अत्यन्त थोरै रहन्छ । यसकारण अन्य ग्रहहरुको संक्रान्तिको प्रचलन नरहेर सूर्य संक्रान्ति महत्वपूर्ण एवं प्रसिद्ध छ । सूर्यको बाह्र संक्रान्ति मध्ये मेष संक्रान्ति (बैशाख संक्रान्ति) बाट नै नेपालीहरुको नयाँ बर्षको आरम्भ हुने र सूर्य ग्रह मीन राशिबाट मेष राशिमा जाने भएकाले यसलाई मेष विषुवत् संक्रान्ति भनिन्छ ।
मेष संक्रान्तितो यावत्षण्मासं विषुवत्फलम् ।।
तुलासंक्रान्तितश्चैवं ज्ञातव्यं विबुधै: स्फुटम् ।।
राशि नामको पहिलो अक्षरको आधारमा वैशाखदेखि आश्विन महिनासम्म व्यक्तिलाई शुभ÷अशुभ फल प्रदान गर्दछन् । ती निम्नानुसार छन्ः
उत्तरभाद्रपदा (दू,थ,झ,ञ), रेवती (दे,दो,चा,ची), अश्विनी (चू,चे,चो,ला० ,भरणी (ली,लू,ले,लो), कृतिका (अ,ई,ऊ,ए), रोहिणी (ओ,बा,वी,बू), मृगशिरा (वे,वो,का,की) : शीर्षेः भूलाभः शीरमा परेकाले शुभ ।
धनिष्ठा (गा,गी,गू,गे), शतभिषा (गो,सा,सी,सू ), पूर्वभाद्रपदा (से,सो,दा,दी) : मुखेः पाण्डित्यम् , मुखमा परेकाले शुभ ।
जेष्ठा (नो,या,यी,यू), मूल (य,यो,भा,भी), पूर्वषाढा (भू,ध,फा,ढा), उत्तरषाढा (भे,भो,जा,जी), श्रवण (खी,खू,खे,खो) : हृदीः हृदयमा धनागम् , शुभ ।
स्वाति (रु,रे,रो,ता) , विशाखा (ती,तू,ते,तो), अनूराधा (ना,नी,नू,ने): दक्षकरेः स्त्री लाभः शुभ ।
अश्लेषा (डी,डू,डे,डो), मघा (मा,मी,मू,मे), पूर्वफाल्गुनी (मो,टा,टी,टू) : दक्षपादेः भ्रमणम्, दाहिने खुट्टामा भ्रमण हुने, शुभ ।
उत्तरफाल्गुनी (टे,टो,पा,पी), हस्ता (पू,ष,ण,थ), चित्रा (पे,पो,रा,री) :वामकरेः भैक्षम्, अशुभ ।
आद्र्रा (कू,ध,ङ,छ), पुनर्वसु (के,को,हा,ही), तिष्य (हु,हे,हो,डा), : वामपादेः कष्टम्, अशुभ ।
समग्रमा आद्र्रा, पुनर्वसु, तिष्य, उत्तरफाल्गुनी, हस्ता, चित्रा नक्षत्रमा जन्मिएका व्यक्तिहरुलाई अशुभ हुने देखिएकोले गंङ्गा स्नान गरेर रुद्री, सत्यनारायण, चण्डी पाठ गराउनुका साथै हवन, ब्राह्मण तथा कन्यालाई दान दक्षिणा अर्पण गरेमा र भोजन गराएमा कष्ट निवारण हुन्छ ।
अश्विनी, भरणी , कृतिका, रोहिणी, मृगशिरा, अश्लेषा, मघा, पूर्वफाल्गुनी, ,स्वाति, विशाखा, अनुराधा, जेष्ठा मूल, पूर्वषाढा, उत्तरषाढा, श्रवण, धनिष्ठा, शतभिषा, पूर्वभाद्रपदा, उत्तरभाद्रपदा, रेवती नक्षत्र हुनेलाई राम्रो छ । संक्रान्तिले शुभ फल दिन्छ । संक्रान्ति शुभ रहेकाहरुले पनि गंङ्गा स्नान गरेर रुद्री, सत्यनारायण, चण्डी पाठ गराउनुका साथै हवन, ब्राह्मण तथा कन्यालाई दान दक्षिणा अर्पण गरेमा र भोजन गराएमा फललाई अझै शुभ बनाउन सकिन्छ । अस्तु शुभम् ।
–ज्यो.पं. मुकुन्द शर्मा,
गोङ्गबु , काठमाण्डौ
Liked by: