हिन्दु पञ्चाङ्ग अनुसार प्रत्येक वर्ष मार्गशीर्ष महिनाको शुक्ल पक्षको पञ्चमी तिथिमा विवाह पञ्चमी माइन्छ । जुन जातक वा जातिकाको विवाहमा बाधा अड्चन आईरहेको छ भने निम्न उपायहरू अवश्य अपनाउनु होला ।
१. यदि तपाईको मंगलकार्यमा बार बार बाधा आईरहेको छ भने रामचरित मानसको
“मनु जाहिं राचेउ मिलिहि सो बरु सहज सुंदर साँवरो ।
करुना निधान सुजान सीलु सनेहु जानत रावरो ॥” प्रतिदिन १०८ पल्ट जाप गर्नुहोस् ।
२. यदि ग्रहको प्रतिकुलताले विवाहमा बाधा भए उक्त ग्रहको जाप, हवन, दान, विवाह पञ्चमीको दिन गर्नुहोस् ।
३. विवाह पञ्चमीको दिन श्री विष्णु र लक्ष्मीजीलाई गाईको दुधमा केशर मिलाएर विष्णु लक्ष्मीको अभिषेक पूरुषसुक्तबाट गर्नु ।
-ज्यो. स्मारीका आचार्य
Liked by: