
विवाहमा वर वधू को कुण्डली मिलान अत्यन्त महत्वपूर्ण विषय हो । यदि जीवनमा दाम्पत्य जीवनको सुख चाहनुहुन्छ भने अवश्य पनि वर वधूले विवाह पूर्वनै कुण्डलीको अवलोकन गराउनु पर्दछ। यदि कुण्डली मिलान राम्रो भएन भने त्यो विवाहमा वैवाहिक सम्बन्ध खासै राम्रो हुँदैन भनेर ज्योतिष शास्त्रले बताएको छ ।
