Bhuwan And Anmol Donates Winning Amount | Hamro Patro

ब्लग - साहित्य / को बन्छ करोडपति

भुवन र अनमोल केसीले को बन्छ करोडपतिबाट जितेको सबै रकम धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग





को बन्छ करोडपतिको एघारौँ एपिसोडमा नेपाली सुपरस्टार भुवन केसी र पछिल्लो पुस्ताका लोकपृय अभिनेता अनमोल केसी सहभागी भएका छन् । त्यहाँ जितेको सबै रकम उनीहरुले धुर्मुस सुन्तलीको क्रिकेट रङ्गशाला अभियानलाई सहयोग गर्ने घोषणा पनि गरेका छन् ।

फिल्मको प्रचार प्रसारका क्रममा महानायक राजेश हमालले एपी वान टेलिभिजनमा सञ्चालन गर्दै आएको रियालिटी शो ‘को बन्छ करोडपती’ मा सहभागि हुन अभिनेता भुवन केसी, अनमोल केसी, डेव्यु अभिनेत्री उपासना सिंह ठकुरी, प्रिंयका एमभी र निरुता सिंह शोमा पुगेर केबीसी खेलेका थिए ।

सहयोग प्राप्त भएपछि धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले भने, 'नेपाली चलचित्र क्षेत्रका चर्चित नायक भुवन केसी र युवा स्टार अनमोल केसीले चर्चित रियालिटी शो ‘को बन्छ करोडपती’को मञ्चबाट हाम्रो देशको गौरवको परियोजना ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गर्ने उद्धघोषले हामीलाई अझै धेरै हौसला मिलेको छ ।'

क्रिकेट रंगशाला अभियानप्रति को बन्छ करोडपतिले दिनुभएको माया, साथ र सहयोगप्रति कृतज्ञ रहेको फाउन्डेसनको भनाई छ । को बन्छ करोडपतिबाट केसी बाबुछोराले ३ लाख २० हजार रुपैंया जित्न सफल भएका थिए । ‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’ भन्ने अभीयानप्रति सहयोग देखाएकोमा को बन्छ करोडपतिले पनि केसी बाबुछोरालाई धन्यवाद दिएको छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.