के हुँदैछ को बन्छ करोडपतिमा ! चार एपिसोडमा कसले कति जिते ? | Hamro Patro

ब्लग - साहित्य / को बन्छ करोडपति

के हुँदैछ को बन्छ करोडपतिमा ! चार एपिसोडमा कसले कति जिते ?





‘भूँइचालोले परिवार लाँदा आगन्तुकलाई चीया सोध्ने मेरो देश
खाडीमा रगत पसिना सिंची घरमा चुलो बाल्ने मेरो देश
तुइनमा झुण्डीएर स्कुल जाँदा, पाइलट बन्ने पना मेरो देश
गरीबीको ओछ्यान अनी नीराशाको सिरानीमा पनि सुनौलो भविष्यको सपना देख्ने मेरो देश …
नीराशामा पनि आशा देख्ने यो देशलाई, सुनौलो पना देख्ने हिम्मत दिन पाए त ... ’

महानायक राजेश हमालले यस्तै कवितात्मक शैलीको भूमीका बाँधेर मञ्चमा प्रवेश गरे । दर्शकहरुको ताली रोकिएन । नेपालमा अहिलेसम्म नदेखिएको भीएफएक्स प्रविधिमा जब महानायक हमालको बोली बग्दै गयो, टेलीभीजनमै हेर्ने दर्शकको पनि शरीरमा काँडा उम्रिदै गयो । बिहानीको लामो पर्खाइपछि सूर्य उदाए जस्तै स्क्रिनमा अन्ततः ज्योतिर्पुञ्जबाट ‘को बन्छ करोडपति’को लोगो नेपाली टेलिभिजन आकाशमा उदायो, एउटा नयाँ इतिहास कोरियो त्यहीँबाट । राजेश हमालले जब ‘यो मञ्च सारा नेपालीको मञ्च हो...’ भनेर सम्पूर्ण नेपालीलाई स्वागत गर्दैगर्दा नेपाली जनजीवनमा एक सपना र सुनौलो उद्देश्य प्रवेश गरेको अनुभुति हुन्थ्यो । त्यैसैले त जुन उत्साहले को बन्छ करोडपतिको मञ्चबाट महानायकले सबैलाई स्वागत गरे त्यसरी नै न्यानो मायामिस्रित प्रतिकृया दिएका छन आम दर्शकहरुले पनि ।

बहुप्रतिक्षित कार्यक्रमको पहिलो एपिसोड सबैले व्यग्र प्रतिक्षा गरेका थिए । एपिवन एचडी टेलिभिजनबाट प्रशारण हुने यो विश्वविख्यात खेल कार्यक्रम एसआरबिएन मिडिया प्रालीले नेपाल ल्याएको हो। वेजोड व्यक्तित्वका अती लोकपृय प्रस्तोता अनी विश्वका १६० देशमा चलीसकेको अन्तराष्ट्रीय गेम शो पहिलोपटक नेपाल भित्रिँदा नेपाली टेलीभिजन इतिहासमा नौलो आयाम थपिएको छ । सामान्य ज्ञानमा रुची राख्ने युवाहरु मात्र हैन आम दर्शकका लागी ज्ञान सँगसँगै मनोरञ्जन पनि लिन सकिने यो कार्यक्रमको पर्खाइ अन्ततः सकिएको छ। हरेक हप्ता शनिबार, आइतबार र सोमबार साँझ ८ः३० बजे प्रशारण हुने कार्यक्रमको यो हप्ता सम्म ४ एपिसोड प्रशारण भैसकेको छ ।

यसअघि यही फ्रेन्चाइजको भारतीय सँस्करण ‘कौन बनेगा करोडपति’ हेरेर हुर्केको पुस्ताले आफ्नै घरमा बसेर आफ्नै भाषामा आफ्नै महानायकसँग हेर्न सक्नेछ । टेलीभीजनमा हेरेर ज्ञान र मनोरञ्जन लीने मात्र हैन आफै सहभागी भएर आफ्नो ज्ञान र भाग्यको परीक्षण गर्ने समेत अवसर मिलेको छ । कार्यक्रमका सहभागीले खेलको नीयम बमोजीम १० हजार देखि १ करोडम्म रकम जित्न सक्नेछन् । चौथो एपिसोडसम्म सहभागीहरुले मनग्य रकम जीतेपनी ‘पहिलो करोडपति’ को पर्खाइ भने आयोजक मात्र हैन दर्शकलाई पनि उत्तिकै छ । अब संक्षेपमा हेरौँ सुरुवाति ४ एपिसोड मा के के भयो ? कसले कति जिते भनेर ।

पहिलो सहभागी वीरगञ्जका अभिषेक रघुवंशीले रचे इतिहास !




नेपालमा को बन्छ करोडपति आउने भएपछि सबैलाइ व्यग्र पर्खाइ थियो । दर्शकलाई पनि र सहभागि हुन चाहनेलाई पनि । फास्टेस् फिंगर फस्टबाट सबै भन्दा छिटो सही क्रम मिलाई आफ्ना ९ प्रतिस्पर्धीलाई पन्छ्याएर ‘हट सीट’मा पुगे वीरगञ्जका युवा अभिषेक रघुवंशी । इतिहासमै पहिलोपटक केबीसीमा पहिलो एपिसोडको पहिलो सहभागी हुने सौभाग्य प्राप्त गरेका उनी एकदमै ‘नर्भस’ देखिए कार्यक्रममा ।



यद्यपी महानायक राजेश हमालको ‘फ्र्याङ्क’ प्रस्तुतिमा घुलमिल हुनै लाग्दा उनले विदा लिनु पर्‍यो । छैटौँ प्रश्नसम्म २० हजार रुपैयाँ प्राप्त गरिसकेपनि उनले सातौँ प्रश्नको जवाफ मिलाउन नसक्दा उनले १० हजार रकम मात्र लिएर घर फर्किनुपर्‍यो । यद्यपी पहिलो ऐतिहासिक सहभागी हुन पाएकोमा परिवारसहित खुशी मनाए उनले ।

हेर्नुहोस् पहिलो एपिसोडः 


राजेश दाईको नृत्यः ‘रातो टिका नीधारमा...’, दुइ जना पुगे हट सिटमा !
पहिलो एपिसोड युट्युबमा मात्र १२ लाख बढी नागरिकले हेरेर उत्साहजनक प्रतिकृया दिए । केही कमिकमजोरी र सुझाव अनुशार सुधार गरेर प्रस्तुत भएको दोस्रो एपिसोडमा सहभागि मात्र हैन प्रस्तोता हमाल पनि खुलेर प्रस्तुत भए । हट सिटमा छानिएकी सुनीता राजभण्डारी नृत्य विधासँग सम्बन्धित थिइन् । उनले उल्लेख्य रकम जित्न नसके पनि दर्शकको मन जितेर गइन् । स्मरणीय छ उनको नृत्य । महानायकसँग छमछमी नाचिन् … रातो टिका नीधारमा टलक्क टल्कियो । उनी छिटै विदा भएपछि पुनः बाँकी सहभागिहरु मध्येबाट फास्टे्ट फिंगर बाट छानिए चितवनका श्याम श्रेष्ठ । उनले छैटौँ प्रश्नसम्म मात्र सामना गर्न सके र १० हजार रकम जितेर गए ।

हेर्नुहोस् दोस्रो एपिसोडः



तेस्रो र चौथो एपिसोडः सहभागिले जिते ८०/८० हजार !
तेस्रो एपिसोडमा मकवानपुरका सुजनले एकदमै राम्रो प्रदर्शन गरे । पर्यटन र फूटबलका सोखिन गौतमले आफ्नो मिजासिलो व्यवहारबाट राजेश हमाललाई मेत प्रभावित पारेका थिए। उनले ८० हजार जित्न आठौँ प्रश्नमा आएर आफैले ‘क्विट’ गरेका थिए । बाँकि समयमा फास्टेस फिंगर बाट सुनसरीका सुवेदी छानीए उनले अर्को एपिसोडमा सहभागिता जनाए । उनले पनि आठौँ प्रश्नमा आफैले क्विट गरेर ८० हजार नै जितेर लगे । चौथो एपिसोडमा हुनुपर्ने फास्टे्स फिंगर फस्ट पाँचौ एपिसोडमा हुनेछ ।


हेर्नुहोस् तेस्रो एपिसोडः 



हेर्नुहोस् चौथो एपिसोडः


कसरी बन्ने घर बसेरै लखपति ?
घर बसेर लखपति अन्तर्गत साताको तीन दिन चल्ने हरेक एपिसोडमा घर बसेरै दर्शकहरु मध्ये एक जना लखपति बन्न सक्नेछन् । श्री स्टिल्सले प्रायोजन गरेको यो खण्डमा हरेक एपिसोडमा एक प्रश्न सोधिनेछ जसको जवाफ एसएमएस र मोबाइल एपबाट पठाउन सकिनेछ । नतिजा अर्को साताको त्यहिबारको एपिसोडमा घोषणा हुनेछ । एसएमएस गर्ने अन्तिम मिति त्यही बारको अर्को एपिसोड चल्ने दिनको दिउँसो २ बजेसम्म मात्र हुनेछ । नेपालमा आज सम्मकै ठूलो पुरस्कार राशी घरमै बसेर ५२ एपिसोडमा ५२ लाख रुपैयाँ दर्शकले जित्नेछन् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.