Prerana Dayi Pratiyogi | Hamro Patro

ब्लग - साहित्य / को बन्छ करोडपति

प्रेरणादायी प्रतियोगीका कथा





को बन्छ करोडपतिले नेपालमा टेलिभिजन कार्यक्रमको दुनीयाँमा नौलो आयाम थपेको छ। सुरुवाति ७ एपिसोडमै केबीसी नेपाली दर्शकहरुको दैनिकी भैसकेको छ । युट्युबमा एकपछि अर्को एपिसोड ट्रेण्डिङमा आइरहेका छन भने हरेक शनिबार, आइतबार र सोमबार साँझको साढे आठ कुरिरहन्छन आमदर्शक टेलीभिजनमा । के युवा, के महिला के प्रौढ सबैले महानायक राजेश हमालसँग ज्ञान र मनोरञ्जनका कुरा गर्न उत्सुकता देखाइरहेका छन् । तिनै सहभागिहरुका प्रेरणा र संघर्षका कथा को बन्छ करोडपतिले टेलिभिजनबाट दर्शकहरुलाई देखाँउछ ।



यसरी नै मनोरञ्जन र केही रकम पुरस्कार जित्ने मात्र हैन, सफलता, संघर्ष र प्रेरणाका पर्दा पछाडीका कथाहरुलाई आमसञ्चारबाट प्रशारण भएकोमा सहभागीहरु खुशी छन् भने दर्शकहरु पनि आनन्दित छन् । एउटा भुँइमान्छेको सपना बनेको छ को बन्छ करोडपति कार्यक्रम । त्यस्तो सपना जसलाइ साकार बनाउन त्यती गाह्रो पनि छैन तर गौरवमय छ, आनन्ददायी छ । हेरौँ पछिल्लो एपिसोडका
केही यस्तै प्रेरणादायी सहभागीका कथाहरु:

झापा बिर्तामोडका सुरज कँडेलले केबीसीको सातौँ एपिसोडमा छानिए । आफ्ना १० प्रतिस्प्रधीलाई पन्छ्याउँदै फास्टेस्ट फिंगर फस्टबाट समेत सही उत्तर सबैभन्दा छिटो मिलाएर उनले हट सिटमा स्थान सुरक्षित बनाएपछि हर्षले भावविह्वोर भए । बुबा, आमा, श्रीमति र दुई सन्तानको भरोसा उनले को बन्छ करोडपतिमा सहभागी हुने सपना मात्र पुरा गरेनन् आफ्नो तितो विगतलाई बिर्सने माध्यम पनि बनाए आफ्नो सफलताले । कुलतमा फसेको विगतलाई बिर्सन उनले को बन्छ करोडपतिमा छनोट भएर हट सिटमा पग्नु जीवनकै ठलो फलता महशुस गरेका छन् । उनले भने,’मेरो बिर्सन लायक विगतलाई यो सफलताले ठूलो प्रेरणा दिएको छ ।’ अहिले सुरज आफै कुलतमा फसेकालाई पुनःस्थापनाकालागि योगदान गरिरहेका छन् ।

साथीहरुको कुसंगतमा परेर लागु औषधमा फसेको चारपाँच वर्ष कहाली लाग्दो समयबाट निस्केर परीवारलाई खुशी र आफुलाई आत्मबल मात्र हैन सुरजले उनीजस्तै परिस्थितीले कुलतमा फसेकाहरुलाइ ‘फेरि पनि सम्मानीत जीवनमा फर्किन सकिन्छ’ भन्ने प्रेरणा दिएका छन् । को बन्छ करोडपतिमा आफ्नै ज्ञानको पराक्रमले चालिस हजार रुपैयाँ जितेर परिवारमा खुशी र मनमा साहस थपेका सुरजजस्तै धेरैको सपना पुरा गर्ने थलो बन्न पुगेको छ केबीसी । त्यसैले त प्रस्तोता हमालले सुरजलाई पनि को बन्छ करोडपतिको तर्फबाटै सुखद भविष्यको शुभकामना दिँदै जीवनमा परिवर्तन संभव छ भन्ने सन्देश दिएका छन् ।

हेर्नुहोस् सातौँ एपिसोडः 



झापाकै विमला भट्टराई दहाल छैटौँ एपिसोडकी प्रतियोगी थीइन् । चालिसको दशकदेखि शिक्षण पेशामा आवद्ध उनी आफ्नो परिवारका अधिंकाश सदस्यसहित को बन्छ करोडपतिको सेटमा उपस्थित भइन् । हट सिटका लागि अघिल्लो दिननै छनोट भैसकेकी उनले सुझबुझका साथ आफ्नो ज्ञानको पराक्रम मात्र देखाइनन् लाइफलाइन प्रयोग नगरेरै खेल समाप्त गर्नुअघि १ लाख ६० हजार रकम आफ्नो बनाएर दर्शकहरुलाई आश्चर्यचकित पारिदिइन् ।

दाहालको अविष्मरणीय क्षणबारे भिडियो हेर्दाहेर्दै उनकी छोरीको विहेको माहोलमा हृदयघातका कारण बित्नुभएकी आमाको याद गरेर भावुक भइन् उनी । यस घट्नाले कार्यक्रम प्रस्तोता हमाललाई पनि भावुक बनायो । २४ वर्ष अघि हमालका पिता डा. चुँडा बहादुर हमालको पाकिस्तानमा राजदूत छँदा हृदयघातबाटै दुःखद् मृत्यु भएको थियो । यो भावुकताले संसारको जुनसुकै कुनामा भएपनि र नेपालभित्र जुनसुकै जात, धर्म सम्प्रदायका भएपनि नेपाली जाति एकताको सुत्रमा बाँध्न प्रेरित गर्‍यो । एकार्काको हर्षमा र पिडामा साथ दिने नेपाली उत्तम सँस्कार झल्कियो केबीसीमा ।


यसरी भर्खरका युवा मात्र हैन प्रौढ व्यक्तित्वहरुले पनि कार्यक्रमलाई सपना बनाएका छन् । केही पैसा जित्नेमात्र हैन आफ्ना अनुभव सुनाउने र अरुका कथा सुन्ने अनी हाँसो र पिडा साँझा गर्ने थलो बनेको को बन्छ करोडपतिलाई उनीहरुले आशीर्वाद दिएर जाने गरेका छन् । आजसम्मकै सर्वाधिक रकम जितेर आजसम्मकै सर्वाधिक उमेरसमुहकी हटसिट प्रतियोगी भट्टराईले किर्तिमानै किर्तिमान रचेर केबीसीलाई पनि शन्तुष्टी प्रदान गरिन् ।

हेर्नुहोस् छैटौँ एपिसोडः

सुनसरीकी कल्पना बास्तोला नीम्न मध्यम वर्गीय परिवारकी मिहेनती छोरी/बुहारी हुन् । को बन्छ करोडपति नेपालमा आउँछ र आफ्नै भाषामा हेर्न पाइएला भनेर पर्खेकी उनलाइ आफै सहभागि हुने सौभाग्य मिल्यो । सुकुम्वासी वस्तिमा दुःखजीलो जीवन बिताईरहेकी उनलाई आफ्नो र श्रीमानको अध्ययनलाइ निष्कर्षमा पुर्‍याउने चुनौती छ । सानैदेखि हाजीरिजवाफ र सामान्य ज्ञानमा रुची राख्ने उनी को बन्छ करोडपति हेरेर ज्ञान लिने सपना भन्दा माथी सहभागि भएर रकम जित्ने अवसर पाइन ।



आफ्नो मिहेनतले आर्जेको ज्ञानले ४० हजार रुपैँया जितेर उनले जीवनमा केही अभाव मात्र टारेकि छैनन, आत्मबल बढाँउदै थप मिहेनत गर्ने हौसला र उर्जा पनि लगेर गइन् । महिलाहरु घरको काममा मात्र सिमित हुने हैन, थप संघर्ष गरेर राज्य र समाजमा उदाहरण बन्ने आफ्नो धारणालाइ टेवा पुर्याएर धेरैको मन जितिन बास्तोलाले । उनको उपस्तीथीले संघर्षले थीचीएर सपना देख्नै बिर्सिएका नेपाली युवायुवतिको सपना जुर्मुराइदिएकी छिन् । त्यही जुर्मुराएको पनालाई साकार रुप दिन को बन्छ करोडपति सधैँका लागि सबैका लागि सहायकसिद्ध हुनेछ ।

हेर्नुहोस् पाँचौ एपिसोडः 



टिभिमा आएर करोडपतिः घर बसेरै बनिन्छ लखपति !

यसरी टेलिभिजनमै सहभागी भएर रकम जित्ने सौभाग्य थोरैले पाउलान् तर हरेक एपिसोडमा घर बसेरै लखपति बन्ने अवसर हरेक नेपालीसँग छ । घर बसेर लखपति अन्तर्गत साताको तीन दिन चल्ने हरेक एपिसोडमा घर बसेरै दर्शकहरु मध्ये एक जना लखपति बन्न सक्नेछन् । श्री स्टिल्सले प्रायोजन गरेको यो खण्डमा हरेक एपिसोडमा एक प्रश्न सोधिनेछ जसको जवाफ एसएमएस र मोबाइल एपबाट पठाउन सकिनेछ ।

नतिजा अर्को साताको त्यहीबारको एपिसोडमा घोषणा हुनेछ । एसएमएस गर्ने अन्तिम मिति त्यही बारको अर्को एपिसोड चल्ने दिनको दिउँसो २ बजेसम्म मात्र हुनेछ । नेपालमा आज सम्मकै ठूलो पुरस्कार राशी घरमै बसेर ५२ एपिसोडमा ५२ लाख रुपैयाँ दर्शकले जित्नेछन् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.