ॐ जय शिव शंकर शम्भो जय गिरिजाधीश । शिव, जय गिरिजाधिश
जय जय करुणा सागर,२ पशुपति जगदीश । ॐ हर हर हर महादेव
गिरि कैलाश निवास छ गण छन् सहचारी । शिव, गण छन् सहचारी
मुण्डमाला छ गलामा,२ रूप छ भयहारी । ॐ हर हर हर महादेव
डमरु त्रिशुल सुशोभित प्रभुका दुई करमा । शिव, प्रभुका दुई करमा
भूषण नाग विराजित,२ बाघाम्वर तनमा । ॐ हर हर हर महादेव
तीन नयनमा थरि थरि ज्योति छ दिव्य सदा । शिव, ज्योति छ दिव्य सदा
वाहन बृषभ मनोहर,२ सँगमा छन् गिरिजा । ॐ हर हर हर महादेव
भष्म विलेपन सुन्दर शीरमा चन्द्रकला । शिव, शीरमा चन्द्रकला
कल कल वग्छिन् हरदम,२ गंगा पुण्यजला । ॐ हर हर हर महादेव
वेद पुराण थकित छन् प्रभुका वर्णनमा। शिव, प्रभुका वर्णनमा
कण कण व्यापक प्रभुको,२ महिमा त्रिभूवनमा । ॐ हर हर हर महादेव
सुर नर मुनि सव प्रभूकै निशदिन ध्यान गरी । शिव, निशदिन ध्यान गरी
परमानन्द मगन भई,२ जान्छन् पार तरी । ॐ हर हर हर महादेव
सच्चिदानन्द परात्पर सज्जन हितकारी । शिव, सज्जन हितकारी
जय जय साम्वसदाशिव,२ जय जय त्रिपुरारी । ॐ हर हर हर महादेव
Liked by: