"द भ्वाइस अफ नेपाल"मा कुन कुन आवाजले सजिनेछ चारवटै कोचको ड्रिम टिम ? | Hamro Patro

ब्लग - साहित्य / द भ्वाइस अफ नेपाल

"द भ्वाइस अफ नेपाल"मा कुन कुन आवाजले सजिनेछ चारवटै कोचको ड्रिम टिम ?




   Suyog Dhakal - Sep 22 2018

यो साता ब्लाइण्ड अडिशनको निर्णायक साता हो, हेर्दै जाऔं अगाडि के के हुने हो? तपार्इलार्इ मनपर्ने अावाज ड्रिम टिममा पर्यो कि परेन ?



नेपाली दर्शक अनि सङ्गीत प्रेमीहरुको ढुकढुकीमा बस्न सफल अनि सर्वाधिक रुचाइएको रियालीटी शो, "द भ्वाइस अफ नेपाल"को ब्लाइण्ड अडिशनको यो अन्तिम साता हो त्यसपछि प्रारम्भ हुनेछ चाँसोयूक्त ब्याटल राउण्ड अर्थात् चारवटै टोलीले अागामी चरणमा प्रवेश गर्न तयार पारेको साङ्गीतकि लडाकू दस्ता । 

ब्लाइण्ड अडिशनमा ट्यालेण्टको विपरीततर्फ फर्केर गायन मात्र सुन्ने गरि बसेका कोच अनि आफ्नो आवाजले कोचहरुलाई आफूतिर फर्काउन अाफ्नो गायनको ताकातले अाफूतिर अाकर्षण गर्ने कौशल भोली सम्म रहने छ भने अागामी शनीबार अाश्विन ३ २०७५ विश्व मुटु दिवसको दिनबाट प्रारम्भ हुनेछ साङ्गीतक घमाशानको बेजोड शैली अर्थात् "ब्याटल राउण्ड" ।

हरेक साता शनिबार र आईतबार कान्तिपुर टिभीमा राती ९ बजेपछि, हाम्रो पात्रो मोबाईल एप्समा र सोही दिन राती १० बजे पछि भ्वाइस अफ नेपालको यूट्यूब च्यानलमा प्रसारण भएका ताजा सिरिजहरु हेर्न सकिनेछ । नेपाली सङ्गीतमा बुवा पुस्तादेखि नवपुस्तासम्म लोकप्रिय रहेका कोचहरुले आआफ्नो समूह बनाउने क्रम जारी छ, ब्लाइण्ड अडिशनका श्रृंखलाहरु चलिरहेका छन् ।

यस एतिहासिक प्रथम सिजनको "द भ्वाइस अफ नेपाल"को ब्लाइण्ड अडिशनले भोलीबाट विधिवत् बिट मार्नेछ अर्थात् अब यस सातापछि ब्लाइण्ड अडिशनले छनौटका क्रममा चाहदा नचाँहिदै बढाइदिने ढुकढुकीको अन्त्य हुनेछ तर.... तर अलि दर्ह्रो मुटु भने अवश्य पार्नुपर्ने छ अागामी चरणबाट प्रारम्भ हुने दमदार चरणका लािग । द भ्वाइस अफ नेपालको ब्याटल राउण्डको लागि तयार रहनुस र अनुभव गर्नुस् एउटा अद्भूत रियालिटी शोको । तर त्यसपूर्व अाज र भोली चारैजना कोचहरुले आआफ्नो १२ जनाको ड्रिम टिम बनाइसक्नुपर्नेछ र सोही अनुरुप लगभग त्यो टिम तयार छ ।

ताजा नजिजा हेर्ने हो भने अहिलेसम्म सर्वाधिक धेरै सम्भावना सहितका आवाजहरु सङ्गालेर कोच प्रमोद खरेलको टिम ११ आवाजका साथ अग्रस्थानमा छन् । प्रमोदलाई यस साता केवल एउटा आवाजको खोजि रहनेछ, हेरौं यसपटक कुन अद्भूत ट्यालेण्ट प्रमोदको पोल्टोमा पर्नेछन् ?

उता कोच सनुपको अवस्था भने अलि फरक छ । अहिलेसम्म कूल ९ आवाजका साथ टिम सनुपलाई यससाता ३ वटा ट्यालेण्टेड आवाजको खाँचो रहेको छ । आवाजको छनौटमा अलिक चूजी तर बाठा पारखी देखिएका सनुपको टिममा यस साता थपिने ३ जना आवाज कस्ता हुनेछन्, हेर्न बाँकी छ ।

कोच अभायाको टिमको लावालस्कर पनि ९ जनामा अाइसकेको छ, अब यस साता ब्लाइण्ड अडिशनको अन्त्य हुँदासम्म कोच अभायालाई पनि ३ वटा उत्कृष्ट आवाजको मात्र कमी रहेको छ । हेरौं यो साता टिम अभायामा जोडिने ती ३ भाग्यशाली आवाजहरु कस्ता हुनेछन?
  
अभया र सनुप झै सङ्गीत महारथी दीप श्रेष्ठले पनि अाफ्ना ९ सदस्य तयार पारी ब्याटल राउण्डको यस संघारसम्म अाफ्नो मनखाँदो टिम लिएर आइपुगेका छन् । टिम दीपलाई पनि यस साता उनलार्इ अाफूतर्फ फर्काउन बाध्य पार्ने ३ वटा खारिएका आवाजहरुको खोजि रहेकोछ । कोच दीपको ड्रिम टिममा ति भाग्यशाली आवाज पर्न को को सफल हुनेहुन त?

यस अवस्थासम्म भन्नपर्दा यो साता ब्लाइण्ड अडिशनको निर्णायक साता हो, हेर्दै जाऔं अगाडि के के हुने हो? तपार्इलार्इ मनपर्ने अावाज ड्रिम टिममा पर्यो कि परेन ? हामीलार्इ प्रतिक्रिया अवश्य दिनुहोस् है !

तपार्इ द भ्वाइस अफ नेपाल अवस्य पनि हेर्दैहुनुहुन्छ किनकी तपाइकै सजिलोका लागि नेपाली रियालीटि सोको इतिहासमा प्रथम पटक टिभी, यूट्यूब तथा तपाइको प्रिय एप्लिकेशन हाम्रो पात्रोमा प्रशारण व्यवस्था गरीएको छ । 

----
"द भ्वाइस अफ नेपाल"का लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.