दीप श्रेष्ठ, प्रमोद, सनुप अथवा अभाया कसको टोलीमा छ अगाडी बढ्ने ताकत ? | Hamro Patro

ब्लग - साहित्य / द भ्वाइस अफ नेपाल

दीप श्रेष्ठ, प्रमोद, सनुप अथवा अभाया कसको टोलीमा छ अगाडी बढ्ने ताकत ?




   Suyog Dhakal - Sep 21 2018

ब्लाइण्ड अडिशनको छैठौं श्रृंखलामा सहभागी सुजाता थापाको अग्रेंजी गीत “आम इन लभ विथ द शेप अफ यू” मा बजर थिचेर अघिल्तीर फर्केका कोच दिपले अन्य अडिशनमा पनि आफूले आफ्नो समयमा अग्रेजी गीत गाएको र बजाएको बताउँदै आउनुभएको छ ।



तपार्इ द भ्वाइस अफ नेपाल अवस्य पनि हेर्दैहुनुहुन्छ किनकी तपाइकै सजिलोका लागि नेपाली रियालीटि सोको इतिहासमा प्रथम पटक टिभी, यूट्यूब तथा तपाइको प्रिय एप्लिकेशन हाम्रो पात्रोमा प्रशारण व्यवस्था गरीएको छ ।
 
हरेक साता शनिबार र आईतबार कान्तिपुर टिभीमा राती ९ बजेपछि र हाम्रो पात्रो मोबाईल एप्समा त्यसै दिन राती १० बजे पछि अनि भ्वाइस अफ नेपालको यूट्यूब च्यानलमा प्रसारण भएका ताजा सिरिजहरु हेर्न सकिनेछ । नेपाली सङ्गीतमा बुवा पुस्तादेखि नवपुस्तासम्म लोकप्रिय रहेका कोचहरुले आआफ्नो समूह बनाउने क्रम जारी छ, ब्लाइण्ड अडिशनका श्रृंखलाहरु चलिरहेका छन् । यसपश्चात् ब्याटल राउण्डमा द भ्वाइस अफ नेपाल प्रवेश गर्नेछ ।

ब्लाइण्ड अडिशनबाट चारैजना कोचले आआफ्नो समूहमा १२ जनाको छनौट गरेर ब्याटल राउण्डमा अा अाफ्नो दावी प्रस्तुत गर्दछन् । अब समूहमा ब्याटल राउण्ड हुने र कोचहरुको समूहबिच नै उत्कृष्टताका लागि प्रतिस्पर्धा हुने भएका कारणले यस भ्वाइस सिरिज ट्यालेन्टहरुका लागि मात्र नभई कोचको लागि समेत एउटा चुनौतीयूक्त परीक्षा हो ।

ब्लाइण्ड अडिशन उत्तरार्ध तिर लगभग आइपुग्दा कुन कोचको समूह कतिको बलियो छ त भन्ने खुल्दुली द भ्वाइस अफ नेपाल मनपराउनुहुने दर्शकहरुमा भएको हुनुपर्छ । के छ त खबर साथीहरु ?

आज म यसै कुरामा केन्द्रित हुन चाहन्छु, नेपाली सङ्गीतका चारकिल्ला चारवटै कोचहरुले रोजाइबाट तयार भएको समूह अनि उनीहरुको संभावना र सार्मथ्यको कुरा गरौं । हुन त द भ्वाइसको ब्लाइण्ड अडिशनमा कुनैपनि कोचको रोजाइमा पर्नु आफैमा एउटा ठूलो उपलब्धि हो। ट्यालेन्टहरुको खुबी हो तथापि अब शुरु हुन्छ ट्यालेन्ट मध्येका उत्कृष्ट ट्यालेण्टेड भ्वाइसहरुबिचको प्रतिस्पर्धा । खोजि छ त्यस भ्वाइसको जो बन्ने छ “द भ्वाइस अफ नेपाल” ।

टिम दीप
नेपाली सङ्गीतका गौरवशिखर मूर्दन्य सङ्गीत प्रतिभाका धनी दीप श्रेष्ठका कैंयन कालजयी गीतहरु सुन्दै दुर्इ फरक यूगका नेपाली पुस्ता हुर्किएकाछन् । उनलाई उनका मौलिक शब्द, भाव, सङ्गीत चयन तथा गायन शैलीका लागि बिशेष मानिन्छन् । उमेरले त दीप श्रेष्ठ अन्य कोचहरुका तुलनामा पाका मात्र हैन पिता नै छन् तथापि ब्लाइण्ड अडिसनमा अहिलेसम्म उनको छनौटमा परेका सहभागीहरु कति त उनकै धारका लाग्छन् भने कतिको छनौट भने दर्शकका लागि अप्रत्याशित, अनुमानरहित बन्न पुगेको छ ।

वहाँले गर्नुभएको गीतको चयन र गायकीमा अहिलेसम्मका एपिसोडमा धेरै पटक पश्चिमा गीत र सङ्गीतप्रतिको रुचि र नवपुस्ताको स्वालप्रति आफूपनि अनभिज्ञ नभएको प्रमाणित गर्नुभएको छ । ब्लाइण्ड अडिशनको छैठौं श्रृंखलामा सहभागी सुजाता थापाको अग्रेंजी गीत “आम इन लभ विथ द शेप अफ यू” मा बजर थिचेर अघिल्तीर फर्केका कोच दिपले अन्य अडिशनमा पनि आफूले आफ्नो समयमा अग्रेजी गीत गाएको र बजाएको बताउँदै आउनुभएको छ ।’द भ्वाइस अफ नेपाल’को यस पहिलो सिजनमा धेरैले यी महान कलाकारको अावाजबाट अङ्ग्रेजी सङ्गीत पनि सुन्न नपाउलान भन्न सकिन्न । अहिलेलार्इ यो कुरा ’द भ्वाइस अफ नेपाल’को गर्भमैं रहोस् ।

दिपको समूहमा बलिया ट्यालेन्टहरु छन् जो खारिएका अनि विभिन्न मौलिक र भौगोलिक साङ्गीतिक स्वादहरु बोकेर आएका छन् । वीरगञ्जका विवेक परियार यी मध्यका एउटा खारीएका आवाज हुन भने सुदूपश्चिमका जनक ताम्राकार पनि समूह दीपका प्रमुख ताकत हुन् ।

यसका अलावा बुटवलका अंकित श्रेष्ठ जो अलग्गै जनराका गायक हुन् । दीपको टोलीका लागि अंकितको पनि दमदार साथ रहनेछ भने शास्त्रिय तर्फ लभ राज सापकोटा जस्ता खारिएका आवाजहरु दिप टोलीका उज्याला प्रकाश रहेका छन् । समग्रमा कहिं कतै कुनै पनि पक्षबाट कोच दीपको समूह कमजोर पाइन्न र अब उनको कोचिङ र उनको रोजाइका ट्यालेन्टहरुको प्रस्तुतिहरु आगामी दिनमा द भ्वाइस अफ नेपालका सिरिजमा सबैले देख्नेछौं । कोच दीप श्रेष्ठलाई शुभकामना!

टिम अभाया
दिपको छेउमै छिन कोच अभया र धेरैजसो रक अनि वेस्टर्न गाउने ट्यालेन्टले रुचाएका यिनको आफ्नो रोजाई, यिनको अभिव्यक्ति शैली अनि खुट्टाले बजर थिच्ने तरिकाका कारण पनि चर्चित छिन् यसवर्षको द भ्वाइस अफ नेपालमा । यिनको समूहमा पनि बिभिन्न धार अनि प्रकृतिका ट्यालेन्टहरु छन् जो केवल रक या पपमा मात्र नभई अन्य विधामा पनि दख्खल राख्दछन् । रितिश रसाइली जो तुलसी आँगनमा रोपौंला जस्तो विशुद्ध मौलीक नेपालीपनाको स्वाद पस्किन त्यहाँ पुगेका थिए, तिनलार्इ अभयाले अाफ्नो पोल्टोमा पार्न खासै समय लगाइनन । रसाइली बाहेक बिराटनगरका सुजय, झापाका कुशल आचार्य र काठमाडौं की श्रेया राई पनि टीम अभयाका बलिया खम्बा भएर उभिएका छन् ।

आफ्नै बिधार्थी आश्रा कुँवरको दमदार प्रस्तुतिलार्इ सगौरव कार्यक्रममै अभिव्यक्त गर्न अभायाले कुनै कञ्जुस्यार्इ गर्नुभएन । टिम अभायाको अर्को भविष्यको रकस्टार हुन् आक्षा कुँवर ।

टिम अभयामा भोजपुरका सारंगि बाधक सुवास गन्धर्भ पनि छन् र गन्धर्भ बाधक सुभाष अभयाको समुहमा हुनु र अंग्रेजी गायिका सुजाता थापा टिम दिपमा रहनु एउटा रोमाञ्चक कुरा हो, हैन र ? समग्रमा अभाया पनि बलियो समूहका साथमा उभिएकी छिन् र बाँकीका ३ कोचका समूहलाई उनको टोलीले कडा चुनौति दिन सक्नेछ । कोच अभायालार्इ उनको रकिङ्ग टोलीका लागि शुभकामना!

टिम सनुप
कोच सनुप पौडेल र द भ्वाइस अफ नेपालबिचको सम्बन्ध संयोग रोचक छ । अाजसम्मको नेपाली साङ्गीतिक यात्रमा एक से एक कर्णप्रिय गीत पस्किएका यिनको पहिलो एल्बमको नाम नै भ्वाइस थियो । उनी यस द भ्वाइस अफ नेपालको पहिलो सिजनमा सङ्गीतका अनेक अङ्कगणितलार्इ बिचार गरेर बल्ल निर्णय लिने प्रतियोगीले प्रस्तुति दिइरहँदा गायनको अन्तिम लाइनसम्म निर्णय लिन समय लगाउने हेभीवेट कोचका रुपमा छन् । तथापि यि कोचको टोलीमा जाने इच्छा अत्याधिक ट्यालेन्टहरुले देखाएको पाइन्छ ।

बुवा र छोरा संगै अडिशन दिन आएका तर छोरा सप्तकले नविन भटराईको गीतलाई गज्जबले गाइदिए । फरक अावाजको टेक्स्चर भएका ट्यालेन्ट सप्तकलार्इ कोच सनुपले अाफ्नो टोलीको सदस्य बनाउन अाधा गीत मात्र सुने, धेरै कुरी बसेनन । सप्तकको भर्साटाइल गायन टिम सनुपको एउटा मजबुत खम्बा हुन सक्दछ भने अर्कोतर्फ बिधा तिवारीको मदहोश आवाज, आशिष गुभाजुको स्वरको मिठासले पनि टिम सनुपलाई बलियो टोली बनाइदिएको छ । बुटवलका सन्तोष राना, गोर्खाका राजेश बालकोटी लगायत थुप्रै मोफसलका मौलिक आवाज र गायकीहरु टोली सनुपमा समायोजीत भएका छन् । सनुपको टोली पनि कुनै कतै कमजोर पाइन्न्, आगामी दिनमा ब्याटल राउण्डमा सनुपको छनौट अनि कोचीङले कस्तो रङ ल्याउने हो त्यो हेर्न बाँकी छ ।

टिम प्रमोद
उनका सयाैं गीतहरु झै द भ्वाइस अफ नेपालको यो पहिलो सिजनमा सर्वाधिक लोकप्रीय र प्रतियोगीका रोजाइमा पर्ने कोचमा पर्दछन् कोच प्रमोद । उनी अाफूलार्इ मनपरेका ट्यालेन्ट अाफ्नो टोलीमा पार्न अनेक कलाकारको क्यारीकेचर गर्छन्, प्रतियोगी तर्फबाट अनुरोधमा परेका गीत गाइदिन्छन् । ४ वटै कोचले बजर थिचेका अधिकांश अवस्थामा प्रतिस्पर्धीहरुले प्रमोदलाई छनौट गरेर अघि बढेको पाइयो । शास्त्रिय रागमा अब्बल सुशिल गड्तौलादेखि आसामबाट आएकी स्वर किन्नरी सुरेखा क्षेत्रिसम्म टिम प्रमोदका दमदार हिस्साहरु हुन् । उता सारङ्गी बोकेर आएकी बर्ता गन्धर्वदेखि दीप श्रेष्ठकै “मेरो आँखामा हरपल” बोलको गीत गाएर प्रमोदको टोलीमा आएका योगेन्द्र उपाध्याय पनि टिम प्रमोदका आशाहरु हुन् । बिजय अधिकारी र धरानका सुरज तामाङ रहेका प्रमोदको टोली अन्य ३ कोचका तुलनामा कुनैपनि हिसाबले कमजोर देखिदैनन । आँउदा श्रृंखलाहरुमा प्रमोदको कोचीङ अनि उनले छनौट गरेका ट्यालेन्टहरुको गायकीमा सबैकुरा छर्लगं हुने पक्का छ । हालका लागि कोच प्रमोदको टोलीलाई शुभकामना!

चारवटै कोच र वहाँहरुले तयार पार्नुभएको ट्यालेन्टसम्मिलित टोलीलाई ब्याटल राउण्डका लागि शुभकामना! अझै रोचक अनि रोमाञ्चक हुँदैछ यस प्रथम सिजनको “द भ्वाईस अफ नेपाल”का श्रृंखलाहरु । आजलाई अति नै, अर्को लेखमा फेरि भेट्न आउनेछु ।

---
“द भ्वाईस अफ नेपाल”का लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.