कोच सनुप र प्रमोदको अाज अग्नि परिक्षा | Hamro Patro

ब्लग - साहित्य / द भ्वाइस अफ नेपाल

कोच सनुप र प्रमोदको अाज अग्नि परिक्षा




काठमाण्डौँका सुशिल गर्तौला "राग हामसदवानी" गीत लिएर ब्लाइन्ड अडिसनमा प्रवेश गरेका राउण्डमा उनी "यति सम्म" र "मेरो पाउमा आज" गीतमा उत्कृष्ट प्रस्तुती दिएर कोचको रोजाइमा परेका थिए । हेर्न बाँकी नै छ आज उनको प्रस्तुती कस्तो रहनेछ ।



कुना कन्दराबाट सुमधूर स्वरहरुको खोजी गरिरहेको नेपाली साङ्गीतिक रियालिटी सो 'द भ्वाइस अफ नेपाल' निकै लोकप्रिय बन्दै गइरहेको छ । २४ औं श्रृंखलासम्म आइपुग्दासम्म कोच सनुप र प्रमोद आफ्नो टिमलाइ अगाडी लैजान लागिपरेका छन । ब्लाइन्ड अडिसन राउण्ड देखि लाइभ राउण्ड सम्मको 'द भ्वाइस अफ नेपाल'को दौरान सनुप र प्रमोद आफ्ना भ्वाइसहरुलाई उत्कृष्ट भ्वाइस गर्न निकै मेहेनतका साथ कोचिङ्ग गरिरहेका छन । आजको 'द भ्वाइस अफ नेपाल'को सो मा सनुप आफ्ना दुइ प्रतिष्पर्धी भ्वाइस सन्तोष राना मगर र सप्तक दुधराजसंग र प्रमोद सुशिल गर्ताैला र आशिष गुबाजुका साथमा स्टेजमा देखिने छन ।

बुटवल घर भएका सन्तोष राना मगर ब्लाइन्ड अडिसनमा "हेर्दा राम्रो माछापुच्छ्रे" बोलमा गीत गाएर सवैको मन छुन सफल भएका थिए । उनमा निकै सम्भावना देखेर ब्लाइन्ड अडिसन राउण्डमा सवै कोचहरुले रुचाएका थिए । ब्याटल राउण्डमा राजेश बालाकोटीसंग "चिसो चिसो हावामा" बोलको गीत पस्केका रानाले लाइभ राउण्डमा "कसैलाइ पनि म" बोलको गीत गाएका थिए । सन्तोष "बुढेसकालको लठ्ठी" गीत मार्फत कोच तथा दर्शकलाइ सन्तुष्ट बनाइ टप-१६ मा आफ्नो स्थानमा प्रवेश गर्न सफल भएका छन । हेरौँ आज उनी दर्शक सामु कस्तो कोसेली लिएर प्रस्तुत हुने हुन l

काठमाण्डौका सप्तक दुधराज 'द भ्वाइस अफ नेपाल' को ब्लाइण्ड अडिसन राउण्डमा "आँखामा तिमीलाइ" गाएर कोच सनुप र प्रमोदको मन जित्न सफल भए । ब्याटल राउण्डमा "तिमि नै हो" बोलको गीतमा अनिस गबुजासंग गाएका थिए । उनलाइ प्रमोदले निकै रुचाएका थिए । लाइभ राउण्डमा "मार्यो नि मार्यो" र "हिमाली नेपाली" गीतमा आफ्नो कला प्रस्तुत गरेका छन । उनको आजको कोसेली कस्तो हुने हो हेर्न बाँकी नै छ ।

काठमाण्डौँका सुशिल गर्तौला "राग हामसदवानी" गीत लिएर ब्लाइन्ड अडिसनमा प्रवेश गरेका राउण्डमा उनी "यति सम्म" र "मेरो पाउमा आज" गीतमा उत्कृष्ट प्रस्तुती दिएर कोचको रोजाइमा परेका थिए । हेर्न बाँकी नै छ आज उनको प्रस्तुती कस्तो रहनेछ ।

काठमाण्डौँ कै आशिष गुभाजु "नचाहेको होइन तिमिलाइ" गीत लिएर ब्लाइण्ड अडिसनमा प्रवेश गरेका थिए । उनी सवै कोचको मन छुन सफल भए । उनी पहिले सनुप ग्रुपमा रहेका थिए भने पछि प्रमोद ग्रुपमा आएका थिए । ब्याटल राउण्डमा उनी "तिमी नै हो" भन्ने गीतमा सप्तक दुतराजसँग प्रस्तुत गरेका थिए । लाइभ राउण्डमा "सँगै" र "मनमगन" गीतमा प्रस्तुती दिएका उनको आजको प्रतिभा हेर्न बाँकी नै छ ।

अब टप १६ पश्चात् प्रत्येक श्रृंखलामा प्रत्येक टिमबाट दुई दुई जना ट्यालेन्टहरुले आफनो प्रस्तुति प्रस्तुत गर्नेछन् । जसमध्ये एक जना सुरक्षित हुनेछन तर यो श्रृंखलादेखि ट्यालेन्टलाई सुरक्षित गर्ने जिम्मेवारी दर्शकको रहनेछ । अबका श्रृंखलादेखि शतप्रतिशत भोटिङको आधारमा ट्यालेन्टहरुको द भ्वाइसको यात्रा तय हुने छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.