"द भ्वाइस अफ नेपाल"को अहिलेसम्मको ब्याटल अवस्था कस्तो छ ? | Hamro Patro

ब्लग - साहित्य / द भ्वाइस अफ नेपाल

"द भ्वाइस अफ नेपाल"को अहिलेसम्मको ब्याटल अवस्था कस्तो छ ?




   Suyog Dhakal - Oct 13 2018

गएको साता के के भयो त? कुन कुन कोचको टिमा को को आए अनि हराए? को को स्टेल भए अनि को कसले ब्याटलमा कसकसलाई पछि पारे बात मारौं । प्रस्तुत छ अहिलेसम्मको चेकलिष्ट , द भ्वाइसको ब्याटल राउण्डको ।



कास्की ढुगेसाँघुका सुवास भण्डारी द भ्वाइसका नियमित दर्शक हुन् । उनी टिभीमा उत्ति हेर्न नभ्याएपनि हरेक इपिसोड दोहोर्याई, तेहर्याई गरिकन यूट्यूबमा हेर्छन् । आशिष गुभाजु उनलाई मनपर्ने ट्यालेन्ट हुन्, द भ्वाइसको फेसबुक पेजमा उनी लेख्दछन कि स्टेल का कारणले आशिष लगायत धेरै रिंग बाहिर नजानुपर्ने ट्यालेन्टहरुले अवसर पाएका छन् भनेंर । ब्याटलमा धेरै कुराहरु हुन्छन्, कहिलेकाँही दिग्गज दिग्गज ट्यालेन्ट पनि ब्याटलमा कम हुन सक्दछन् तर त्यसको अर्थ उनीहरुलाई चटक्कै छाड्ने भन्ने पक्कै हैन । सुवासलाई यो प्रतिक्रियाका लागि धन्यवाद ।

लागौं पूर्व तर्फ, सुनसरी दुहबीबाट मोहम्मद जावेद अन्सारी लेख्दछन् कि उनी पनि द भ्वाइसका नियमित दर्शक हुन् भनेंर । उन्को बिचारमा द भ्वाइसमा एउटा अलग्गै सस्पेन्स छ र साथसाथै तठस्त छनौट प्रक्रिया पनि । ब्लाइण्ड अडिशनवाट यिनले हरेक द भ्वाइस सिरिजहरु नछुटाई हेर्ने गरेका छन् र भोटिंग क्रिया शुरु भएपछि झनै रोमाञ्चक हुने कुरामा यिनी ढुक्क छन् ।
उता अछाम मंगसेनकी सञ्जु पौडेललाई भनें बेग्लै ध्यान छ, द भ्वाइसले अझ ग्रामीण नेपालको आवाज अनि ट्यालेन्टलाई पनि समाहित गर्न सकोस उनी थप्छिन् । उन्का मनपर्ने सुदुरपच्मिका आवाज जनक ताम्राकार द भ्वाइसको रिंगबाट बाहिरिसकेका छन् तथापि गायनको यो दौडमा उनी कुनै एकजना बिशेष आवाज भन्दा पनि ट्यालेन्टको समर्थन गर्ने लेख्दछिन् ।

नेपालभरि एउटै आवाज छ, द भ्वाइस अफ नेपालको । चियापसल देखि किराना सम्म, बिधालय देखि कारखाना सम्म, मलेखु देखि मलेसियासम्म अनि कुनागाँउद देखि कतारसम्म जहाँ जहाँ नेपाली छन् त्यहाँ त्यहाँ छ द भ्वाइस अफ नेपाल । गत साता देखि द भ्वाइसले आफ्नो फेसबुक पेज मार्फत लाइभ गर्दै शो पछि ट्यालेन्टहरुसंग प्रत्यक्ष कुराकानी पनि गर्न थालेको छ, हेर्न नबिराउनु होला है ।

आउनुहोस् गएको साता के के भयो त? कुन कुन कोचको टिमा को को आए अनि हराए? को को स्टेल भए अनि को कसले ब्याटलमा कसकसलाई पछि पारे बात मारौं । प्रस्तुत छ अहिलेसम्मको चेकलिष्ट , द भ्वाइसको ब्याटल राउण्डको ।

टिम अभया
अनु शाक्य (SELECTED)
सृजय थपलिया (STEAL TEAM PRAMOD)
आश्रा कुँवर (SELECTED)
रितेश रसाईली
सानिध्य थापा (STEAL कोच सनुप)
सुवास गन्धर्व
कुशल आचार्य (SELECTED)
श्रेया राई (SELECTED)
सन्तोष घले (OUT)
सलिना रामुदामु (OUT)
बिवेक लामा
जोबन भुजु

कोच सनुप 
अप्सरा घिमीरे (OUT)
आशिष गुभाजु (STEAL TEAM PRAMOD)
सन्तोष राना
राजेश बालकोटी
सप्तक दुतराज (SELECTED)
बिद्या तिवारी (SELECTED)
निशान दाहाल
दिपक सापकोटा (OUT)
शैलु आर एल सिंह (SELECTED)
रित राना मगर (STEAL कोच अभाया)
सुनन्द ढकाल (SELECTED)
अकिंत बाबु अधिकारी

कोच प्रमोद 
सीडी बिजय अधिकारी (STEAL TEAM DEEP)
तेजेन्द्र गन्धर्व
स्वेच्छा ठकुरी (STEAL कोच दीप)
सुरज तामाङ (SELECTED)
बर्ता गन्धर्व
राजु पन्त
सुगमा गौतम (OUT)
अनिश श्रेष्ठ
रुपेश पराजुली (OUT)
सुरेखा क्षेत्री (SELECTED)
सुशिल गड्तौला (SELECTED)
योगेन्द्र उपाध्याय (SELECTED)

कोच दिप 
एनी श्रेष्ठ (SELECTED)
बिवेक परियार
नवराज सापकोटा
विवेक वाइबा लामा (SELECTED)
जनक ताम्राकार (OUT)
सन्दिप परियार (OUT)
दिनेश न्यौपाने (SELECTED)
सुजाता थापा (OUT)
राजु तामाङ (SELECTED)
अकिंत अमारु श्रेष्ठ
दिपेश लामा (OUT)
राहुल विश्वास

टिम अभयाबाट सृजय टिम प्रमोदमा अनि सानिध्य थापा टिम सनुपमा स्टेल भएका छन् । टिम अभयाबाट सन्तोष घले र सलिना रामुदामु आउट भएका छन् ।

उता टिम प्रमोदको कुरा गरौं जहाँबाट सिडि बिजय अधिकारी स्वेच्छा ठकुरीलाई टिम दिपले स्टेल गरेको छ । रुपेश पराजुली र सुगमा गौतमले टिम प्रमोदबाट बिदा मागेका छन् ।

टिम दिपमा भने जनक ताम्राकार, सन्दिप परियार, दिपेश लामा र सुजाता थापा आउट भएका छन् । सबैभन्दा कम स्टेल अर्थात अहिलेसम्म कोच दिपको टिमबाट आउट भएका कोही स्टेल भएका छैनन् ।

उता टिम सनुपको अवस्था केही यस्तो छ जहाँ आशिष गुभाजुलाई टिम प्रमोदले अनि रित राना मगरलाई टिम अभयाले स्टेल गरेका छन् । दिपक सापकोटा र अप्सरा घिमीरे आउट भएका छन् ।

अबका दिनमा ब्याटलका अझ भिषण एपिसोडहरु हेर्न बाँकी छन् । कस्तो लागिरहेको छ त द भ्वाइस अफ नेपाल ?? हामीलाई हाम्रो फेसबुक पेज मार्फत भन्न नभुल्नुहोला है ।

----
"द भ्वाइस अफ नेपाल"का लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.