Voice Of Nepal Shrawan Masanta Bata Prasaran Hudai | Hamro Patro

ब्लग - साहित्य / द भ्वाइस अफ नेपाल

"द भ्वाइस अफ नेपाल सिजन–२" साउन ३१ गतेबाट प्रसारण हुँदै





गायन प्रतिभाहरुको खोजी गर्ने रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को प्रसारण साउन ३१ गतेबाट हिमालय टीभी एचडीमा हुने भएको छ ।
टेलिभिजनले प्रसारण मिति र समय घोषणा गर्दै ३१ देखि हरेक शुक्रबार र शनिवार राती ८ बजेदेखि ९ बजेसम्म कार्यक्रम प्रसारण हुने जानकारी दिएको छ । नेपालमा ८ बजेको सुपर प्राइम टाइममा प्रसारण यो पहिलो रियालिटी सो हुने छ ।

झण्डै २२ हजार आबेदकमध्ये छानिएका करिव १ सय नयाँ प्रतिभाहरुले ब्लाइन्ड अडिसनमा कोचहरुसामु आफ्नो आवाज सुनाएका छन् । सुरिलो आवाजमार्फत् कोचको कुर्सी घुमाउने प्रतिभाको भाग्य पनि घुम्ने छ र उनीहरुको सांगीतिक यात्रा सुरु हुने छ ।‘निकै क्षमतावान प्रतिभाहरु ब्लाइन्ड अडिसनमा आइपुग्नुभएको छ’ कार्यक्रमका निर्देशक लक्ष्मण पौड्यालले भने–‘सबै एक से एक हुनुहुन्छ, प्रतिस्पर्धा निकै कडा छ ।’ पौडेलका अनुसार अघिल्लो बर्षका तुलनामा निकै ठूलो संख्यामा आकांक्षीहरु डिजिटल अडिसनमा सहभागी भएको हुँदा राम्रा प्रतिभाहरुको छनौटमा सहजता भएको छ ।

यसपटकको सिजनमा दुई जना कोच परिर्वतन भएका छन् । राजु लामा र आस्था राउतले अन्य दुई कोच दीप श्रेष्ठ र प्रमोद खरेललाई साथ दिएका छन् । कार्यक्रमको टाइटल स्पोन्सर युनाइटेड सिमेन्ट्स रहेको छ भने पावर्ड बाई एनआईसी एशिया बैंक र आईएनजी ग्रुप, को स्पोन्सरमा लोटस हर्वल र हिरो मोटरसाइकल तथा एसोसिएट स्पोन्सरमा केएनपी जापान पेन्टस, हिमालय हर्वल र पेमेन्ट पार्टनरमा प्रभु पे रहेका छन् । अनलाइन पार्टरमा अनलाइनखबर डटकम र क्यालेन्डर पार्टनरमा हाम्रो पात्रो रहेका छन् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.