भुटनिस कम्युनिटी अफ ओन्टारिओको आयोजनामा एक बिषेश कार्यक्रम गएको ८ नेवेम्बर , २०१५, आइतबारका दिन सु-सम्पन्न भएको छ । उक्त कार्यक्रम बडा-दसै तथा शुभ-दिपावलीलाई लक्षित गरी आयोजना भएको थियो । कार्यक्रममा बिविध सस्कृतिक तथा साहितिक खुराकहरु प्रस्तुत गरिएको समापन गरिएको थियो। कार्यक्रमको महत्वपूर्ण पक्ष ८० बर्ष माथिका ४ जना बृद्ध-बृद्धालाई सामाजिक सम्मान प्रदान गरिनु रहेको थियो ।
उक्त सम्मान कार्यक्रम भुटानीस कम्युनिटी अफ ओन्टरिओका अदक्ष्य भिम सिक्देल अनि उपादक्ष्य पबित्रा हुमगाईले बहुल्याबाट समान्न गरियो। सचिब भानु ढुङना र सदस्य पर्सु अधिकारिले कार्यक्रम माथी प्रकाश पार्नु भएको थियो । बक्ताहरुले दसै-तिहार अनि चाड्-पर्बको बिशेष चर्चा-परिचर्चा गरेका थिए । यस्तै, यसै कार्यक्रम मार्फत मल्टिकल्चरल काउन्सिल ओफ ओन्टारिओको तर्फबाट भुटानीस कम्युनिटी अफ ओन्टारिओलाई सम्मान पत्र अदक्ष्य भिम सिक्देलालाई हस्तान्तरण गरियो । कार्यक्रम बिभिन्न मोनोरन्जनत्मक लोक गीत-संगीत, दोहोरी, नृत्य र साहितिक रचनाहरु प्रस्तुत गरी सु-सुम्पन्न भयो । जहाँ रहे पनि नेपाली पन , धर्म-सस्कृती र परम्परालाई सम्रक्षण अनि सम्बर्द्धन गर्नु कार्यक्रमको एकमात्र उदेश्य रहेको आयोजन समितिले जनाएको छ । तुला हुमगाई,बलराम काफ्ले र तीलाचन ढुगानाले सन्चालन गरेका थीए भने सुवास वस्नेतले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
बलराम काफ्ले
Liked by: