भूट्निस कम्युनिटी अफ विइन्स्वोर ओन्टारीयो को आयोजनामा आज बिषेश कार्यक्रम सम्पन्न भएको छ । हिन्दू महिलाहरुको महान चाड तीजको पावन अवसरमा पुजा-आजा सहित बिभिन्न कार्यक्रम गरी सो कार्यक्रम सुसम्पन्न भएको छ। उक्त कार्यक्रममा नेपाली भाषी महिला दिदि-बहिनिको बाक्लो उपस्थिती रहेको थियो । हरितालिकको ब्रत, पुजा, भजन-कृतन गर्नुका साथै तीजका गीतहरुमा नृत्य गरी सम्पन्न भएको थियो । उक्त कार्यक्रमकी संयोजक भूट्निस कम्युनिटी अफ विइन्स्वोर ओन्टारिओकी उपादक्ष श्रीमति पबित्रा हुमगाईले प्रकाश पार्दै आफ्नो भाषा, कला, परम्परा
अनि सस्कृतिलाई जोगाई राख्न अनि भावी पिडिलाई सिकाउन आयोजन गरिएको जनाउनु भयो।