कस्तो बनेको छ "धनपति"-समीक्षा | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

कस्तो बनेको छ "धनपति"-समीक्षा




   मन्दिप गाैतम - Jul 07 2017
"धनपति" समीक्षा

गत बर्ष थुप्रै अवार्डहरु जीत्न सफल चलचित्र “पशुपति प्रसाद” का निर्देशक र नायक अर्थात् दिपेन्द्र के खनाल र खगेन्द्र लामिछानेले फेरी एकसाथ काम गरेको चलचित्र “धनपति” यो हफ्ता रिलिज भएको छ । सर्वाधिक रुचाइएको पशुपति प्रसादकै कारण पनि धनपतिबाट सबैजसो चलचित्रप्रेमीलार्इ धेरै अपेक्षा रहेको छ । आज हाम्रो पात्रोको समीक्षामा हामि यहाँहरुलाई, के निर्दशक खनाल र नायक लामिछानेको जोडीले यसपटक ठुलो पर्दामा फेरी जादु गर्न सफल हुन्छ ? या चलचित्र हेर्न गएका दर्शकहरुले निराशा मात्र बोकेर फर्किनु पर्नेछ भन्ने कुराको जानकारी दिन्छौ ।

यो पनि हेर्नुहोस् : "ग्याङस्टर ब्लुज"को ट्रेलर

प्लट
१५ हजार मासिक तलब कमाउने खगेन्द्र लामिछाने अर्थात् धनपति बस्नेत काठमाण्डौमा आफ्नो श्रीमती र सानि छोरिसंग बस्दछन् । साइकल चढेर कार्यालय जाने खगेन्द्रको एउटै सपना छ । आफ्नो सानो छोरीलाई राम्रो स्कुल पढाउने । महंगाई बढेको काठमाण्डौ जस्तो सहरमा आफ्नो सपना पुरा गर्नकै लागि भएपनि धनपति चाहदा नचाहदै राजनीतिमा प्रवेश हुन् पुग्दछन् । त्यसपछि चलचित्रको कथा राजनीतिमा प्रवेश गरिसकेपछि धनपतिमा आएका परिवर्तन र यसका नकारात्मक असरहरु तर्फ बढेको छ ।

कथा,पटकथा र संवाद

चलचित्रको कथा पटकथा र संवादहरु खगेन्द्र लामिछानेले लेखेको हो । लामिछानेको लेखन शैलीबाट निक्कै अपेक्षा राख्ने मध्य म पनि एक हु । तर धनपतिको स्क्रिप्टमा थुप्रै समस्या देखिन्छ । कथा पृथक त छैन छैन , र यस्ता थुप्रै दर्शकहरु छन् जो अहिले चलचित्रमा गरिब परिवार र पैसाको अभावमा छोरीलार्इ राम्रो स्कुल पढाउन नसक्ने बुवाको कथा हेर्न पक्कै रुचाउदैनन्, तसर्थ दर्शकहरुको त्यो समूहलार्इ चलचित्र पहिलो हाफ सकिदै बोरिंग लागिसक्नेछ । चलचित्रको पहिलो हाफमा कथा अघि बढ्न सकेको छैन ।

दोस्रो हाफ निक्कै सम्भावनाहरु बोकेर सुरु त हुन्छ ,तर अनुमानित हुदै जाने क्लाईमेक्सले पनि तुलनात्मक रूपमा अलि राम्रो दोस्रो हाफलार्इ बचाउन सक्दैन । त्यसकारण पनि यो चलचित्रले धेरै बेर सम्म मानिसहरुको मनमा ठाँउ बनाउन सक्दैन । पर्दामा इमोसनल सिन चल्दा भावुक हुने दर्शकलार्इ भने कथा, पटकथाले बाध्न सक्छ । चलचित्रको संवादहरु भने राम्रा छन् ।

अभिनय
अभिनयमा भने खगेन्द्रले अपेक्षा अनुरुप काम गरेका छन् । एउटा साइकलमा कार्यालय जानेदेखि लिएर बिद्रोही क्रान्तिकारीसम्म उनले आफ्नो पात्रलार्इ न्याय दिएका छन् । सुरक्षा पन्तले भने आफ्नो च्याल्लेंजिंग लाग्ने कामलार्इ सरलताका साथ निभाएकी छिन , उनि उत्कृष्ट लाग्दछिन् , तर कतै कतै धनपतिलार्इ महत्व दिने क्रममा उनले मौका थोरै पाएको बुझिन्छ । बाकि , बाल कलाकारदेखि लिएर अरु सबै कलकारहरुको अभिनय राम्रो छ ।



प्राविधिक पक्ष र संगीत
प्राविधिक हिसाबले धनपति दिपेन्द्र के खनालका अरु चलचित्रहरुझैँ अव्वल छ । सैलेश श्रेष्ठको ब्याक्ग्राउण्ड म्युजिक उत्कृष्ट छ भने चलचित्रका गीतहरु चलचित्रमा ठिक ठाक सुहाएका त छन् तर गीतहरुले श्रोतालाई भने कुनै प्रभाव पार्दैन ।

निर्देशक
दिपेन्द्र के खनालले यसपटक धनपति मार्फत पर्दामा चमत्कार नै चाही गर्न सकेका छैनन् । तर चलचित्र खराब पनि पटक्कै छैन । चलचित्रको अन्तको आधा घण्टामा निर्देशकको काम उल्लेखनीय छ किनकि त्यसबेला दर्शकले केहि मात्रामा थ्रिल अवस्य पाउने छन् । तर, त्यस अलावा चलचित्रले बाधी राख्दैन । दर्शकहरुको एउटा समुहलार्इ भने यो चलचित्र उत्कृष्ट लाग्न सक्छ ।

समीकरण

समग्रमा भन्न पर्दा, यदि तपाई धेरै ठुलो अपेक्षा नबोकी चलचित्र हेर्नजानुहुनेछ भने तपाईको चित्त बुझ्न सक्छ , तर यदि तपाइँ गरिब बाउले आफ्नो छोरिलार्इ पढाउने सपना बोकेको किसिमको चलचित्र हेर्न रुचाउनु हुन्न भने धनपति तपाइँहरुको लागि पटक्कै हैन ।

रेटिंग : २.५ /५ 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.