सालसालको यो कान्छो पर्व
आयो होली गरौ है गर्व
सबै मिलि अब खेलौ होली
मीठो पारौ आआफ्नो बोलि
माया सदभावको रंग लगाई
खेलौ होली मिलिजुली भाइ
इर्ष्या लोभ विभेद सब त्यागि
मानव बनौ मानवकै लागि
न हानौ लोला नछ्यापौ हिलो
मिलौ आपसमा गर्नु हुन्न ढिलो
अंगालो मारौ दुवै हात मिलाऔ
खुशीको रंगमा होली मनाऔ
भांग नशा कुलत सब त्यागौ
सपारौ देश उन्नतिमा लागौ
अब सोचौ सबैले आत्मा खोली
बन्द गरौ द्वन्दको होली
----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: