बाबा धेरै छ नि बेमेल यहाँ
थोरै मात्र छ पुरा सोचेका कुरा
एकातिर खुशी हुँदै सोच्छु भब्य जीवन
अर्कोतिर बिस्तारै भत्कदै जान्छ सोच महल
अनि फेरि भत्किएको इटा थप्दा थप्दै
माथी चढ्ने इटा थप्नै बिर्सन्छु !
हजुरको बाबारुपी सोच एकदमै जायज छ बाबा
तर मेरो लक्षको डोरी बिचमै गायब छ बाबा,
सोच्नु हुँदो हो खै के गर्ली र अब ,
तर मेरो कर्म सकिएको छैन बाबा,
गरि नै रा´छु अघि बढी नै रा´छु ,
हिम्मत हारेको छैन आशालाइ मारेको छैन ,
साहासलाई फालेको छैन , अघि बढेको पाइला पछी सारेको छैन !
हो केहि हैन धेरै ढिला भएकै हो ,
प्रगतिले मलाई छोडेर अलि अगाडि गएकै हो ,
तर म अझै छिटो पाइला चाल्दै छु बाबा
प्रगतिले पक्कै एकदिन मेरो अघि शिर झुकाउने छ अनि
भन्ने छ म तेरै हो अनि म हजुरलाई भन्ने छु !!
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: