राम्रोसँग गएस, हाम्रो इज्जत राखेस्
परिवारलाई कहिल्यै दुखी नबनाएस,
अनि बेला बेलामा आउदै गरेस् है !
अन्तिम बिदाईको दिन
आमाले फरियाको सप्कोले आँसु पुछ्दै
यसै भन्नुभएको थियो ।।
मन त मेरो पनि कहाँ मानेको थियो र आमा
भित्रभित्रै मन मडारिएको थियो
अनि मुटुहरु गडगडाईरहेको थियो
बश आखाबाट झरी बर्षिएन,
एकैछिन मनलाई पत्थर बनाएर भएपनी सुनिरहे
तिम्रो ती अन्तिम बातहरु अनि अन्तिम साथहरु
मलाई कुनै अत्यास थिएन यसरी पराए सँग साथ लागेर जानू
मैले पनि स्विकारिसकेकी थिए कि
जन्मघर छोरिको लागि होईन।
तर मैले गुमाईरहेकी थिए
म सँगै खेल्ने त्यो सानो बिरालो,
तपाईले दिनुभएको त्यो पेवा कुखुरा,
पल्लाघरे सानी, माथ्लाघरे काकी
साच्चै भनौ त मैले मेरो स्वतन्त्रता पनि गुमाईरहेकि थिए
अनि योसमाज,परिवार,जन्मघर सँगै तिमिसँग बिताएको पल अनि न्यानो माया!!
थाहा छ मलाई
थाहा छ आफ्नो सन्तानलाई पराएसँग सुम्पिन कत्ती गाह्रो हुन्छ एउटा आमालाई
तर पनि यथार्थ यो होकि मेरि आमालाई पनि एउटि आमाले यसरी नै बिदाई गरेकी थिईन् !
यसरी नै मन बुझाए
तर सोध्न मन थियो तिमिसँग मन निचोरेर
मुटुमा हात बजारेर
ए ,आमा ! मलाई तिमिले नै जन्म दिएको हौ नि ?
म आफुलाई सम्हाल्छु
चित्त बुझाउछु
मनलाई शान्त पार्छु
अनि एकपटक लामो श्वास फेर्छु
र हेर्छु यो दुनियाँको हरेक आमाहरुलाई
जो आफ्नो आमा त्यागेर अर्को आमालाई जन्म दिईरहेकी छिन्!
अनि लाग्दैन मलाई अभागी
लाग्दैन मलाई एक्लो
किनकि म पनि एउटि आमा हुँ !
_______
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: