मन आज उदास छ
नजानेको त्रासले
बिचित्रको औडाह
दियो आफ्नै श्वासले !
किन कसो थाहा छैन
कता कता पोलेको छ
अडिग हुन् खोज्छु तर
मन मेरो डोलेको छ !
के गरू कसो गरू
मन मुटु जलेको छ
अन्तरमनको कुण्डमा
अथाहअग्नि बलेको छ !
किन यस्तो डाह औडाह
मलाइ आज भया होला
सानिध्यका कोहि कतै
बिलखबन्दमा पर्या होला !
नगरेकोमा पनि कैले
गरेको बात लाग्छ
नियत नहुदा पनि
नियतिको छाप लाग्छ !
भूल केही हुदाँमा
हुन्न त्यसले केही क्षती
भूलबाट शिख नलिए
अनि हुने हो खती !
जीवन रूपी चक्रमा यस्तो
आरोह अवरोह कति कति
आइ पर्ने बाधा अबरोधको
सामना गर्नै पर्छ डटी !
कालचक्रको जालमा
दु:ख-सु:ख आउने गर्छ
उदासीको घुम्टो फ्याली
उमंगमा रमाउनु पर्छ !
आज पो रात पर्यो
भोली बिहानी आउने छ|
उदासीको बादल हटी
मनमा उमंग ल्याउने छ !
मन आज उदास छ
नजानेको त्रासले
बिचित्रको औडाह
दियो आफ्नै श्वासले !!
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: