पोखरा एउटा स्वर्ग अनि पानीका लागि प्रसिद्ध यस ठाँउ जमीन र आकाश दुबै तर्फको पानीका लागि प्रसिद्ध छ । हिँउदमा पनि छाता बिना नहिन्नु भनिंने पोखरामा बर्खामासमा त पानीसँग जम्काभेट भइरहन्छ ।
यो पनि हेर्नुहोस् : श्रावणका तुलफुलहरु- बर्खायामको बारी
फेवातालको मध्यभागमा पानीहरुको बीच एउटा सानो टापुजस्तामा तालबाराही मन्दिरले पर्यटक र दर्शनार्थीहरुलाई तानिरहेको हुन्छ । परेवा, माछा, आस्था अनि डुगांयात्रा यस मन्दिर भ्रमणको बिशेषताहरु हुन् ।
दुईतल्लाको पगोडा शैलीको यो मन्दिर दुर्गाको स्वरुपको मन्दिर मानिन्छ, सनातन धर्मालम्बी लगायत बौद्धधर्मावलम्बीहरु पनि यस मन्दिरको आस्था र अनुग्रहकालागि दर्शन गर्न जान्छन् । अजिमा अर्थात बंदेलको स्वरुपमा दुर्गाको रुप, नारीत्व र नारी शक्तिकालागी दुर्गामन्दिरहरु गज्जबका दृष्टान्त नै हुन ।
कास्कीका राजा कुलमन्दन शाहले आफ्नो सपनामा दुर्गा देखेपछि मन्दिर बनाउन लगाएको कथन छ ।
यसपालाको बर्खामा पोखराको रौनक अरुबर्षहरु भन्दा कम छैन । एक त सफा शहर त्यसमाथी पानीले बगाएका सिनीत्त सडकहरु पोखरालाई प्रकृतीले दुलहीझैं सजाएकै छ । पानीका तप्प तप्प थोपाहरु जब भिमकाय फेवाका लहरहरुमा झर्दछन्, एउटा लयमा पानीका थोपाहरु चलायमान हुनेगर्दछन ।
डुगांका ताँतीहरु अनि पानीमा केहिबेरमात्र बाँकीरहने डोबहरु, फेवाले बर्खाको परिभाषा नै पूर्नपरिभाषीत गरिदिएको छ ।
अन्नबाली सप्रियोस्, शान्ति अनि समृद्धिको शुभकामना ।
हाम्रो पात्रो
Liked by: