आइसिटी अवार्ड २०२० मा पब्लिक भोटिङ सुरु | Hamro Patro

ब्लग - साहित्य / प्रविधि

आइसिटी अवार्ड २०२० मा पब्लिक भोटिङ सुरु





इसेवा र एसएमएसबाट भोट गर्न सकिने

आइसिटी अवार्ड २०२० को लागि पब्लिक भोटिङ सुरु भएको छ । आइसिटिी अवार्ड अन्तर्गतका विभिन्न ४ विधाहरुमा छनौट भएका उत्कृष्ट ५ को लागि पब्लिक भोटिङ सञ्चालन गरिएको आयोजकले जनाएको छ । नाभेम्बर ३० तारिखसम्म सञ्चालन हुने पब्लिक भोटिङमा इसेवा, एसएमएस र इमेल मार्फत विश्वभरीबाट भोट गर्न सकिनेछ ।

गत कार्तिक ६ गते भर्चुअल कार्यक्रम मार्फत जुरी र जुरी सल्लाहकारको उपस्थितीमा आयोजकले विभिन्न ४ विधाका उत्कृष्ट ५ को घोषणा गरेको थियो । १४ जनाको जुरी समितिले तेस्रो चरणको छनौट प्रक्रियाबाट स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०२० विधाहरूमा उत्कृष्ट ५ को छनौट गरिएको हो ।

उत्कृष्ट ५ मा पर्न सफल स्टार्टअप आइसिटी अवार्ड २०२० अन्तर्गत स्टार्टअप कम्पनीहरूमा बिजहब आइटी सर्भिसेस प्रा।लि, क्रिप्टोजेन नेपाल प्रा।लि, जेनियस सिस्टम प्रा।लि, जिवी हेल्थ प्रा।लि र नेपमेड्स प्रा।लि रहेका छन । यसैगरी प्रडक्ट आइसिटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट ५ पर्न सफल प्रडक्टहरूमा सिपिएसडिएस, प्mयुजक्लासरूम, जेनियस आइपिटिभी, जिवी र न्यानो नानी रहेका छन् ।

यसैगरी इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट ५ मा पर्न सफल इन्नोभेसनहरूमा कोभिड–१९ निमोनिया डिटेक्सन युजिङ डिप लर्निङ एण्ड न्युरल नेटवर्क, गो कोरोना नर्स रोबोट, पाइला इमर्जेन्सी रेसुसिटेटर, सिस्टर राबोट र थर्मोग्राफिक क्यामेरा फर मेजरिङ फिवर रहेका छन । राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट ५ प्रोजेक्टहरूमा थ्रिडी प्रिन्टिङ विथ रिसाइकल्ड प्लास्टिक, बाला फ्रम वेस्ट टु हेल्थ, सन्चैछौ, स्मार्ट ब्लाइन्ड मेनस्टिक र स्मार्टघर रहेका छन् ।

यसवर्ष विभिन्न ११ विधामा आइसिटी अवार्डका लागि अनलाइन नोमिनेशन खुला गरिएको थियो । ३५० बढिको अनलाइन आवेदन प्राप्त भएको आइसिटी अवार्ड २०२० को छनौट प्रकृया विगत २ महिनादेखि जारी छ । अन्य विभिन्न ७ विधामा दोश्रो चरणको छनौट प्रकृया सञ्चालन भइरहेको प्रमुख जुरी संयोजक हेमपाल श्रेष्ठले जानकारी दिए ।

आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले मसिंर २१ गते आयोजना हुनेछ । उक्त कार्यक्रम विभिन्न टेलिभिजन र अनलाइनहरुमा प्रत्यक्ष प्रशारण समेत आयोजकले जनाएको छ । लिभिङ विथ आइसिटीले आयोजना गरेको कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरण, नाष्ट, जिनस सोलुसन, फोन पे, एनआइटिसी, राष्ट्रिय वाणिज्य बैंक, ईसेवा, डिस होम, इमिनेन्स वेज, टेक्नोरियो, आइडियाजार लगायतको सहकार्य र सहयोग रहेको छ ।

कसरी गर्ने भोटिङ ?
विभिन्न ४ विधाको लागि उत्कृष्ट ५ मा छानिएका प्रतिस्प्रधीलाई भोट गर्न इसेवा, इमेल वा एसएमएसको प्रयोग गर्नुपर्नेहुन्छ । इसेवाबाट भोट गर्नको लागि मोवाइलमा इसेवा एप्लिकेशन डाउनलोड गरी आइसिटी अवार्डमा गएपछि विभिन्न ४ विधाहरु खुल्नेछन । आफुले भोट गर्न चाहेको विधामा गएर उत्कृष्ट ५ मध्ये कसलाई भोट गर्ने छनौट गरी भोट बुझाउन सकिनेछ ।

एसएमएसबाट भोट गर्नको लागि मोवाइल म्यासेज बक्समा क्ष्ऋत् लेखेर प्रतिस्प्रिधीको भोटिङ कोड उल्लेख गरी ३३००१ मा म्यासेज पठाउन सकिनेछ । यसैरी इमेल तथा फेसबुकबाट भोट गर्नको लागि voting.ictaward.org मा गएर आफुले चाहेको प्रतिस्प्रधिलाई भोट गर्न सकिनेछ । सबै प्लाटफर्ममा एउटा प्रतिस्प्रधीलाई एक दिनमा एउटामात्र भोट गर्न सकिनेछ । भोटिङ मसिंर १५ गतेसम्म सञ्चालन हुनेछ । वेबसाइट ictaward.org/vote मा गएर भोटिङको बारेमा विस्तृत जानकारी लिन सकिनेछ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.