भाषाविद्, कलाकर्मी र सञ्चारकर्मीमाझ "हाम्रो नेपाली-English Dictionary" सार्वजनिक | Hamro Patro

ब्लग - साहित्य / प्रविधि

भाषाविद्, कलाकर्मी र सञ्चारकर्मीमाझ "हाम्रो नेपाली-English Dictionary" सार्वजनिक




थोरै शब्दहरु संग्रहीत यस अघिको भर्सनलार्इ नयाँ वृहत् संस्करणले प्रतिस्थापन गरेको छ ।



पहिलो संस्करण कक्षा १० सम्मका स्कूले विद्यार्थीहरूमा उपयोगी हुने खालका सीमित शब्दहरू राखेर सार्वजनिक गरिएको थियो । आज सार्वजनिक यस नयाँ संस्करण भने झन् तीक्ष्ण भएर नेपाली तथा अंग्रेजीका प्रशस्त शब्दहरूसहित Play Store मा उपलब्ध छ । स्कूले तहबाट माथि उठेर वयस्कहरूकोलागि "हाम्रो नेपाली-English Dictionary" app तयार भएकोछ अर्थात् अब यसले Advanced शब्दहरू पनि देखाउनेछ, व्याख्या गर्नेछ, तस्वीर देखाउँदै शुद्ध उच्चारण पनि गरिदिनेछ ।

नेपाली अक्षरमा, व्याकरणमा तथा समग्रमा नेपाली भाषामा अतुलनीय योगदान दिँदै पुराना तथा नयाँ नेपाली पुस्तालाई भाषाको गरिमासँग निरन्तर जोड्न सफल वरिष्ठ व्याकरणकार, कोशकार तथा भाषाविद् समादरणीय श्री चूडामणि गौतमज्यूले यो हाम्रो "हाम्रो नेपाली-English Dictionary" app को नयाँ संस्करणका लागि ३० हजार बढी नेपाली शब्द तथा २२ हजार बढी अंग्रेजी शब्दहरू उपलब्ध गराउनुभएको छ । परापूर्वकालदेखि नेपाली भाषामा प्रयोग भएका शब्दहरूदेखि नयाँ पुस्ताबीच बोलीचाली तथा, चलनचल्तीका शब्दहरू पनि यसमा समेटिएका छन् । नेपाली सिक्नका लागि नेपाली भाषाका सरल र दैनिक बोलीचालीमा प्रयोग हुने वाक्यहरू (उच्चारण र अंग्रेजी अर्थसहित) यसका मुख्य विशेषताहरू हुन् ।

○ थुप्रै Advanced शब्दहरू ○ शुद्ध उच्चारण (Audio सहित) ○ तस्बिर सहित

नेपाली शब्द र त्यस शब्दको सरल व्याख्यासँगै अंग्रेजी अर्थहरू देश तथा विदेशमा रहनुहुने नेपाली–समाजका नयाँ, पुराना तथा भावी पुस्ताबीच जोगाइराख्नुका साथै प्रचार–प्रसार गर्ने उद्देश्यका साथ हाम्रो प्रविधिले श्री चूडामणि गौतमज्यूसँग शब्दका लागि सहकार्य गरेको हो ।

थप विशेषतायूक्तः
असंख्य शब्दहरूः ३० हजार नेपाली तथा २२ हजार बढी अंग्रेजी शब्दहरू
तस्वीरः शब्दसंग सम्बन्धित तस्वीरहरू सहित (इन्टरनेट आवश्यक)
अडियो उच्चारणः अंग्रेजी तथा नेपाली शब्द कसरी बोल्ने सोको अडियो उच्चारण (Pronunciation)
अफलाइनः Dictionary प्रयोग गर्न, शब्दहरू खोज्न इन्टरनेट नचाहिने
खोज्नेः सजिलै Search मा गएर आवश्यक नेपाली, अंग्रेजी शब्द खोज्न सकिने
शब्द सुरक्षितः आफूलार्इ मनपरेका अथवा विशेष लागेका शब्दहरू सुरक्षित (Save) गर्न सकिने अक्षर खेलः अक्षरसंग सम्बन्धित ज्ञानवर्धक खेलहरू

 "हाम्रो नेपाली-English Dictionary" एपको अफलाइन संस्करण आज कुपण्डोल स्थित ब्रिक्स क्याफेमा आयोजित कार्यक्रमबाट सार्वजनिक गरिएको छ । करीब २ बर्ष अघि सार्वजनिक भएको यस एप्लिकेशन थोरै शब्दहरु संग्रहीत यस अघिको भर्सनलार्इ नयाँ वृहत् संस्करणले प्रतिस्थापन गरेको छ ।

बर्षकै बहुप्रतिक्षित चलचित्र “शत्रुगते”को कलाकार हरिबंश आचार्य, मदन कृष्ण श्रेष्ठ, किरण केसी र निर्देशक प्रदीप भट्टराई र भाषाविद् शरदचन्द्र वस्ती र कोशकार तथा भाषाविद् चुडामणि गौतम, तथा मोहितवंश अाचार्यको उपस्थितिमा शब्दकोष एपको वृहत् अफलाइन संस्करण सार्वजनिक भएको हो ।

अनुरोधः
कृपया हाम्रो यो नयाँ संस्करण हजूरहरूलार्इ कस्तो लाग्यो प्रतिक्रियाकालागि सिधै Play Store मा कमेण्ट गर्न सक्नुहुनेछ अथवा इमेलकालागि [email protected] मा हामीलार्इ लेख्नुहोस्, हजूरहरूको सल्लाह, सुझाव तथा प्रतिक्रिया हाम्रोलागि उर्जा बन्नेछ । धन्यवाद !



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.