Nepal Telecom Bitiya Bibaran | Hamro Patro

ब्लग - साहित्य / प्रविधि

नेपाल टेलिकमको आर्थिक वर्ष २०७६/०७७ को तेस्रो त्रैमासिक वित्तीय विवरणको सारांश





१.    गत आ.व.को तेस्रो त्रैमासिकसम्मको कूल सेवा वापतको आय रू. २७,५०६,०७५,१७९।०० रहेकोमा चालु आ. व.को सोही अवधिसम्मको कूल सेवा वापतको आय रु. २६,८३६,६४५,२७२।००
२.    गत आ.व.को तेस्रो त्रैमासिकसम्मको कूल आयको तुलनामा चालु आ.व. को सोही अवधिसम्मको सेवा वापतको आयमा कमी आउनुका कारणहरू ः
क. वि. सं. २०७५ चैत्र १ देखि कम्पनीले रिचार्ज कार्डको बिक्रीमा कमिसनको सट्टा डिस्काउन्ट गणना गर्न शुरु गरेको । कमिसन कूल बिक्रीलाई हिसाब गरिसकेपछि प्रदान गरिने तर डिस्काउन्ट बिक्री अघि प्रदान गरिने हुँदा डिस्काउन्टको कारणले पनि सेवा वापतको आय घटेको । चालु आ.व. को तेस्रो त्रैमासिकसम्म उक्त डिस्काउन्ट रकम कूल ८५३,३४४,२७३ रहेको । तसर्थ गत वर्षको आम्दानीसँग तुलना गर्दा यो रकम पनि हिसाब गर्नुपर्ने ।
ख.     यसरी चालु आ.व. को तेस्रो त्रैमासिकसम्मको कूल आयमा माथि उल्लेखित डिस्काउन्ट पनि सम्मिलित गर्दा कूल आय गत आ.व. को सोही अवधिको तुलनामा करिब रू. १८ करोडले बढी हुने ।
३.    त्यसका अतिरिक्त कोरोना भाइरसको महामारी नियन्त्रणको लागि चैत्र ११ देखि घोषणा गरिएको लकडाउनको कारणले चैत्र महिनाको राजस्वमा नकारात्मक असर परेको । लकडाउनको अवधिमा चैत्र २०७६ भित्र कम्पनीले टपअपमा प्रदान गरेको १००% बोनस रकम कूल रु. ५३.४ करोड बराबरको हुने । सोही अवधिमा शुन्य व्यालेन्स भएका मोबाइल प्रयोगकर्ताहरूलाई रू. ५.३ करोड बराबरको जिरो व्यालेन्स प्याकेज प्रदान गरिएको । त्यसैगरि मोबाइल सेवाको आधारभूत दरमा २७% देखि ३०% सम्म छुट प्रदान गरिएको जुन रू. ८.२ करोड बराबरको हुने । यसरी लकडाउनको कारण कम्पनीको आयमा कूल ६६.९ करोड बराबरको नकारात्मक असर परेको । यस बाहेक कम्पनीले कोरोना राहत कोषमा रू. १० करोड योगदान गरेको ।
४.    उल्लेखित प्रत्यक्ष असरका अतिरिक्त समीक्षा अवधिमा विदेशी विनिमयदर (अमेरिकी डलर लगायत) मा भएको वृद्धि तथा बाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, फोरजी विस्तार संगै घरभाडा, बिजुली आदिको खर्चमा भएको वृद्धि, नेटवर्क तथा सेवा विस्तारको क्रममा टिम परिचालनको लागि लाग्ने खर्च वृद्धि आदिको कारण पनि व्ययभार बढ्न गई मुनाफामा असर परेको छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.