Nepal Telecom Sms Offer In Nhoodaya Bhintuna | Hamro Patro

ब्लग - साहित्य / प्रविधि

नेपाल संवतको नयाँ वर्षको अवसरमा नेपाल टेलिकमको SMS अफर





नेपालीहरुको महान पर्व तिहार, छठ तथा नेपाल संवतको नयाँ वर्ष (न्हु दया)का अवसरमा आफन्त र शुभचिन्तकहरुलाई शुभकामना सन्देश (SMS) पठाउन सहज होस् भनी नेपाल टेलिकमले एसएमएस प्याकका साथै विभिन्न प्रकारका प्याकहरु उपलब्ध गराइरहेको छ ।

सामान्य अवस्थामा एउटा एसएमएस पठाउँदा ५० पैसा शुल्क लाग्ने गरेको छ । हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेको अटम अफर (Autumn Offer) अन्तर्गतको एसएमएस प्याकमा तीन प्रकारका सहुलियत उपलब्ध छन्ः– रु. ५ मा २० वटा एसएमएस, रु. १५ मा ७० वटा एसएमएस र रु. ६० मा ३०० वटा एसएमएस । यी प्याक क्रमशः १ दिन, ७ दिन र २८ दिनको समयावधिभित्र प्रयोग गर्न सकिन्छ ।

२० वटा एसएमएसका लागि SMS20, ७० वटा एसएमएसका लागि SMS70 र ३०० वटा एसएमएसका लागि SMS300 लेखेर १४१५ मा एसएमएस पठाउन सकिन्छ । यसैगरी *1415*1*5# डायल गरेर वा NT APP बाट पनि एसएमएस सेवा खरिद गर्न सकिन्छ ।

नेपाल टेलिकमको पोस्टपेड प्रयोगकर्ताहरुले पोस्टपेडका विभिन्न प्याकमध्ये प्राइम, प्रिमियम, गोल्ड र डायमन्ड प्याक लिंदा एसएमएस, भ्वाइस र डाटा प्याकहरु समेत प्रयोग गर्न सकिन्छ । पोस्टपेड प्राइम प्याक लिई २ सयवटा एसएमएस, प्रिमियम प्याक खरिद गर्दा ५ सय वटा एसएमएस र गोल्ड तथा डायमन्ड प्याक खरिद गर्दा १ हजार वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध छ । यी एसएमएस एक महिनासम्म कुनैपनि समयमा पठाउन सकिन्छ । पोस्टपेड प्याक खरिद सम्बन्धी विस्तृत जानकारी लिनका लागि आफ्नो मोबाइलमार्फत *1415*2# डायल गर्न सकिन्छ ।

कर्पोरेट कार्यालयका लागि उपलब्ध गराइएको कर्पोरेट युजर ग्रुप (सीयूजी) अन्तर्गत रहेर पनि सहुलियत दरमा एसएमएस पठाउन सकिन्छ । सीयूजी प्याक अन्तर्गत रु. २००, रु. ५००, रु. १००० र रु. १५०० दरका विभिन्न अफर अन्तर्गत रहेर ग्रुपमा आबद्ध र ग्रुपभन्दा बाहिरका नम्बरमा समेत कल गर्न र एसएमएस गर्न सकिनुका साथै डाटा समेत चलाउन सकिन्छ । सो प्याक अन्तर्गत अन्य सुविधाका अतिरिक्त क्रमशः ५०, १००, २०० र ४०० वटा एसएमएस आवश्यकता अनुसार एक महिना भित्र पठाउन सकिन्छ ।

यी विभिन्न प्याकका बारे कम्पनीको ‘नेपाल टेलिकम एप’ बाट जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ । वेबसाइटमा रहेको सेल्फ केयर एकाउन्टमा रजिष्टर गरेर त्यसबाट पनि विभिन्न प्याक खरिद गर्न सकिन्छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.