Nepal Telicom Infomation Of Corona Call | Hamro Patro

ब्लग - साहित्य / प्रविधि

नेपाल टेलिकमको एन टि सूचनाको संचार सेवामा कोरोना भाइरसबारे जानकारी




आफ्नो मोबाइलमार्फत ३२१०० नम्बर डायल गरी निशुल्क सुन्न सकिने व्यवस्था



नेपाल टेलिकमले ‘एन टि सूचनाको संसार’ सेवामार्फत कोरोना भाइरस (कोभिड–१९) बारे जानकारीमूलक उपयोगी सामग्री आफ्नो मोबाइलमार्फत ३२१०० नम्बर डायल गरी निशुल्क सुन्न सकिने व्यवस्था गरेको छ ।

उक्त नम्बरमा कल गरे पश्चात् कोरोना भाइरस (कोभिड–१९) के हो, यसका लक्षणहरु, फैलने तरिका, उपचार विधि, संक्रमणबाट बच्न अपनाउनु पर्ने उपायहरु र अपनाउनु पर्ने सावधानी बारे विश्व स्वास्थ्य संगठनले जारी गरेका सूचकहरुका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । साथै यस सम्बन्धी थप जानकारी लिनका लागि नेपाल सरकारका हटलाइन नम्बरहरु समेत यहींबाट थाहा पाउन सकिन्छ ।

नेपाल टेलिकमले गत असार महिना देखि नै ‘एन टि सूचनाको संसार’ सेवा कम्पनीका मोबाइल ग्राहकलाई उपलब्ध गराइरहेको छ । यो एक प्रकारको कल–इन सिष्टम हो, जसमा नेपाल टेलिकमको मोबाइलमार्फत ३२१०० मा कल गरेर ध्वनी निर्देशन पालना गरी नेपाली भाषामा कृषि, स्वास्थ्य, समाचार, मौसम, प्राकृतिक विपत् सम्बन्धी विभिन्न जानकारी निःशुल्क प्राप्त गर्न सकिन्छ ।

विभिन्न जानकारीहरु नेपाली भाषामा सुन्न पाइने हुनाले ‘एन टि सूचनाको संसार’ सेवाबाट ग्राहकवर्ग लाभान्वित हुने विश्वास गरिएको छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.