Ntc Large Data Pack | Hamro Patro

ब्लग - साहित्य / प्रविधि

प्रति एमबी करिव ५ पैसामै चलाउन सकिने नेपाल टेलिकमको लार्ज डाटा प्याक





तपाईलाई एकै पटक धेरै डाटा प्रयोग गर्नुपर्ने आवश्यकता छ । त्यसो भए अब चिन्ता गर्नु पर्दैन ।  यसको समाधानको लागि नेपाल टेलिकमले लार्ज डाटा प्याक (Large Data Pack) उपलब्ध गराइरहेको छ । यो प्याक एक पटक सब्स्क्राइब गरे पछि लामो समय सम्म चलाउन पाइन्छ र तुलनात्मक रुपमा निकै सस्तो पर्दछ ।  कम्पनीले यस अन्तर्गत ३० जीबी र ६० जीबीको प्याक उपलब्ध गराइरहेको छ । ३० जीबीको प्याक आवश्यकता अनुसार ९० दिन सम्म चलाउन सकिन्छ । यस प्याकको मूल्य १ हजार ६ सय रुपैयाँ छ । त्यसैगरी ६० जीबी प्याक १ सय ८० दिन सम्म प्रयोग गर्न सकिन्छ । यसको मूल्य ३ हजार रुपैयाँ छ । यसरी प्याक प्रयोग गरी डाटा चलाउदा प्रतिएमबी करिव ५ पैसा मात्र खर्च लाग्दछ ।

लार्ज डाटा प्याक लिनका लागि आफ्नो मोबाइलबाट *1415# डायल गरेर विन्टर अफर अन्तर्गतको लार्ज डाटा प्याक छनोट गर्नु पर्दछ । त्यसैगरी सिधै *1415*1*7# डायल गरेर पनि यो सेवा प्राप्त गर्न सकिन्छ । त्यसपछि आफूलाई आवश्यक ३० जीबी डाटाका लागि १ र ६० जीबी डाटाका लागि २ छनोट गरी प्याक लिन सकिन्छ ।

आफूले प्रयोग गरिरहेको मोबाइलमार्फत एसएमएस पठाएर पनि यी प्याकहरु सब्स्क्राइब गर्न सकिन्छ । यसका लागि क्रमशः म्ब्त्ब्घण्न्द्य वा म्ब्त्ब्टण्न्द्य लेखेर १४१५ मा एसएमएस पठाउनु पर्दछ ।
नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा दिइएको विभिन्न प्याकेज मध्ये लार्ज डाटा प्याक छनोट गरेर वा क्भाि ऋबचभ ब्अअयगलत मा रजिष्टर गरेर पनि यी प्याकेज खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यी प्याक खरिद गरी प्रयोग गर्न सकिन्छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.