Ntc New Offier Gsm Cdma | Hamro Patro

ब्लग - साहित्य / प्रविधि

नेपाल टेलिकमको जीएसएम तथा सीडीएमए प्रिपेड सिमकार्डमा अब ब्यालेन्स तथा थप सुविधा




नयाँ जीएसएम तथा सीडीएमए प्रिपेड सिमकार्डमा ५० रुपैयाँको ब्यालेन्स उपलब्ध हुने गरेकोमा अब त्यही मूल्यमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध



नेपाल टेलिकमले बिक्री–वितरण गर्दै आएको नयाँ जीएसएम तथा सीडीएमए प्रिपेड सिमकार्डमा ५० रुपैयाँको ब्यालेन्स उपलब्ध हुने गरेकोमा अब त्यही मूल्यमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुने भएको छ ।

आगामी अंग्रेजी नयाँ वर्ष देखि यसमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुनेछ । नयाँ सिमकार्डमा १० रुपैयाँ ब्यालेन्सको रुपमा उपलब्ध हुनेछ भने ४० मिनेट टक टाइम अर्थात कुराकानी गर्न, ६० एमबी डाटा चलाउन र २० वटा एसएमएस पठाउन सकिने छ । सिममा उपलब्ध १० रुपैयाँ ब्यालेन्सबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिने छ भने ४० मिनेट टक टाइम र २० वटा एसएमएस एक महिना भित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने जारी प्रेस विज्ञप्ति जनाईको छ ।

यस अघि नै सिमकार्ड खरिद गरी एक्टिभ नगरेका ग्राहकहरुले यहि पुस १५ गते सम्म सिम एक्टिभेट गरेमा पुरानो व्यवस्था अनुसारको ब्यालेन्स ५० रुपैयाँ प्राप्त हुनेछ भने पुस १६ गते वा सो भन्दा पछि एक्टिभेट गरेमा नयाँ व्यवस्था अनुसारको ब्यालेन्स १० रुपैयाँ तथा थप सुविधा प्राप्त हुनेछ । नयाँ प्रिपेड सिमकार्डमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुने भए तापनि यसको मूल्यमा कुनै परिवर्तन गरिएको छैन र ९० रुपैयाँमै सिमकार्ड उपलब्ध हुनेछ । यसबाट नेपाल टेलिकमका ग्राहकहरु अझ बढी लाभान्वित हुन सक्ने कम्पनीले विश्वास लिएको छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.