Rakuten Viber Partnership With Coca Cola | Hamro Patro

ब्लग - साहित्य / प्रविधि

राकुटेन भाइबरले कोका–कोलासँगको साझेदारीमा ल्यायो कस्टम दशैँलेन्स



क्रस–प्लेटफर्म सन्देश र आवाजसहितको संचारको क्षेत्रमा एक अरबभन्दा बढी विश्वव्यापी प्रयोगकर्ताहरू रहेको राकुटेन भाइबरले कुराकानीलाई “शब्द मात्र“ मा सीमित गर्दैन । आफ्नो सुरुवाती दिनहरूदेखि नै भाइबरले कुराकानीलाई जिवन्त बनाउनमा लेन्सको महत्त्वपूर्ण भूमिका रहन्छ भन्ने तथ्यलाई स्विकारेको छ । त्यसैले प्रमुख प्रसंग र चाडपर्वहरूको अवसरमा यस्ता नयाँ र रोमाञ्चक फिचरहरूको श्रृंखला प्रस्तुत गर्नु भाइबरको विशिष्ट ट्रेन्ड हो । कस्टम दशैँ कोकलेन्स भाइबरको यसै ट्रेन्डको निरन्तरता हो ।

राकुटेन भाइबरः नेपाली भाइबर प्रयोगकर्ताहरूलाई प्रियजनसँग चाडपर्वको खुसीयाली, उल्लास, भर्चुअल शुभकामना र अन्तरङ्ग भावनाहरू साटासाट गर्न सजिलो बनाउनका लागि कोका कोलाले कस्टम दशैँ लेन्स ल्याएको छ ।

कोकाकोलासँगको सहकार्यमा प्रस्तुत भाइबरको कोकाकोला दशैँ लेन्स अन्य धेरै रोचक फिचरहरूमध्ये पहिलो हो । भाइबरका कोकाकोला दशैँ लेन्सले भाइबरका अन्य लेन्सहरूजस्तै ब्च्–भलबदभिम खष्मभय mभककबनष्लन बलम उजयतयक सेवा प्रदान गर्दछन्। राकुटेन भाइबर र कोका कोलाबीचको यो महत्वाकांक्षी सहकार्यले भाइबरका नेपाली प्रयोगकर्ताहरूका लागि आउँदा दिनहरूमा रोमाञ्चक फिचरहरू पस्कने लक्ष्य राखेको छ । कस्टम दशैँ लेन्सको प्रस्तुति उनीहरूको व्यावसायिक सहयात्राको पहिलो खुड्किलो हो ।

भाइबरसँगको सहकार्यका सम्बन्धमा कोका कोला नेपाल र भुटानका कन्ट्री डाइरेक्टर, आदर्श अवस्थी, भन्छन्,“यो दशैँमा कोका कोला र भाइबरले पृथक, मनोरञ्जक र सान्दर्भिक लेन्स प्रस्तुत गर्न हातेमालो गरेका छन्। हाम्रो पेय पदार्थले जस्तै यी लेन्सले पनि पक्कै प्रयोगकर्ताहरूका कुराकानीमा उत्साह, उमंग र ताजगी ल्याउनेछन्। आफ्ना प्रियजनहरूप्रति कृतज्ञता व्यक्त गर्नुहोस्र कोकाकोलाको बोतल र भाइबर लेन्सको माध्यमबाट उहाँहरूलाई धन्यवाद दिनुहोस्।“

कुराकानीमा दशैँको रौनक थप्नको लागि
●The Dashain Themed Lens – प्रयोगकर्ताहरूले च्याटमा भाइबरको क्यामेरा लन्च गरी उपलब्ध लेन्स छान्नुहोस्। आफ्नो कृतज्ञता, प्रेम व्यक्त वा क्यामेरामा अबिस्मरणिय क्षण कैद गर्दै एक भिडियो वा तस्वीर लिनुहोस्।
राकुटेन भाइबरका बारेमाः

विश्वका १९० वटा राष्ट्रमा प्रयोग हुने राकुटेन भाइबर विश्वभरका मानिसहरूबीचको सम्बन्धसूत्र हो । भाइबरको विश्वव्यापी प्रयोगकर्ताहरूले  one– on–one chats, video calls, group messaging, updates का साथै आफ्ना gf favorite brands / celebrities सँग छलफलजस्ता यावत्फिचरहरूको लाभ उठाउन सक्छन्। भाइबरले प्रयोगकर्ताहरूलाई आफ्ना भावनाहरू शेयर गर्नका लागि एक सुरक्षित र स्वतन्त्र वातावरणको सुनिश्चितता प्रदान गर्दछ ।

आजै भाइबर join  गर्नुहोस्र सर्वोत्कृष्ट सञ्चारको अनुभूति लिनुहोस्।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.