Tech Conclave Code For Change | Hamro Patro

ब्लग - साहित्य / प्रविधि

नेपालमै पहिलो पटक “टेक कन्क्लेभ” गर्दै ‘कोड फर चेन्ज’





“कोड फर चेन्ज”ले यसै वर्ष देखि शुरु हुनेगरी 'Tech Conclave 2020' आयोजना गर्ने तयारी गरिरहेको छ। Lockdown ले प्रभावीत बनेको विश्वको अवस्थालाई मध्यनजर गर्दै नेपालमा भने Technology को क्षेत्रमा केहि सहुलियत पुगोस भन्ने उदेश्यका साथ् नेपालमै पहिलोपटक virtual tech event गर्न लागेको हो।

Code for Change विगत केहि वर्ष देखिनै प्रविधि संग जोडिएर आफ्नो अध्ययन अध्यापन लाई अगाडि बढाइरहेका विधार्थीहरुका लागि विभिन्न व्यक्तिगत तथा व्यावसायिक ज्ञान प्रदान गर्दै आइरहेको छ र यसै क्रममा Lockdown ले धरासाही भएको नेपालको शैक्षिक क्षेत्रलाई केहि टेवा पुगोस र प्रविधिमा मान्छेहरुको ध्यान केन्द्रित होस् भन्ने अपेक्षाका साथ virtually tech event गर्ने तयारीमा जुटेको छ।

Covid -19 बाट अस्तव्यस्त भई lockdown को अवस्थामा रहेको नेपालमा भौतिक उपस्थितिमा यस्ता कार्यक्रम गर्न सम्भव नभएपछी Code for Change ले नेपालमै पहिलोपटक यस virtual कार्यक्रम गर्न लागेको हो भने, निष्क्रिय भई बसिरहेका बिधार्थिहरुलाई सक्रिय बनाउनु, विभिन्न व्यवसायका उपाएहरु लिनु दिनु, Online खेलहरु खेलाएर मानिसहरुलाई मानसिक रुपमा स्वच्छ राख्न मद्दत गर्नु र विभिन्न बिधार्थीहरुले गर्नुभएका परियोजनाहरुको बढुवा गर्नु यस कार्यक्रमको मुख्य उदेश्य रहेको Code for Change का परियोजना प्रमुख निराजन क्षेत्रीले बताउनु भयो।

कार्यक्रममा विभिन्न बिधार्थीहरु, शिक्षक वर्ग, शैक्षिक संघ सस्था तथा समाजसेवीहरु र प्रविधिमा आस्थावान तथा जिज्ञासु मानिसहरु गरि एक हजार भन्दा भन्दा बढीको उपस्थिति रहन सक्ने आंकलन गरिएको छ भने कार्यक्रममा Code for Change संग विगतदेखि काम गर्दै आएका संघ सस्था तथा सहयोगी मनहरुको बाक्लो उपस्थिति रहने देखिएको छ।

उक्त कार्यक्रम ३ दिन सम्म संचालन हुने र सबै दिनमा हुने क्रियाकलाप हरु विशेषगरी प्रविधिलाई बढुवा गराउने खालकै हुने र केहि भने अन्य उपस्थितहरुलाई समेत लक्षित गर्ने गरि हुने क्षेत्री ले बताउनुभयो। कार्यक्रम श्रावण ३०, ३१, र ३२ गते संचालन हुने र हरेक दिन दिउसो १२ बजेदेखि ३ बजेसम्मको समयमा संचालन गरिने गरि तयारि गरिरहेको समेत उहाले बताउनुभयो।

यस संगै उक्त कार्यक्रममा हुने विभिन्न क्रियाकलापहरुमा भाग लिनको लागि दर्ता फारम खोलिसकेको र Code for Change को Facebook Page वा आधिकारिक वेबसाइटमा गई आफ्नो रुचि अनुसारको क्रियाकलापमा फारम भर्न समेत आह्वावन गर्नुभएको छ।

Registration link for the Event
http://bit.ly/TechConclave2020



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.