Third Wheel Le Escooter Bechna Suru | Hamro Patro

ब्लग - साहित्य / प्रविधि

थर्ड व्हिल द्वारा ई–प्लुटो र इट्रान्स नियो इलेक्ट्रिक स्कुटर बेच्न सुरूवात, २५ हजार सम्मको छुट सुविधा





थर्ड व्हिलले नेपाली बजारमा दुई नयाँ इलेक्ट्रिक स्कुटर उपलब्ध गराउन थालेको छ । कम्पनीले शुक्रबारदेखि अनलाइनमार्फत् ती स्कुटर बिक्रीको सेवा सुरू गरेको हो ।

थर्ड ह्विल विगत २ वर्ष देखि नै अनलाइन माध्यमबाट दुई पाङ्ग्रे सवारीको सर्भिसिङ गर्ने ,पार्टपुर्जा बिक्री गर्ने, तथा बाइक तथा स्कुटरहरुको एक्सोसेरिसहरुको बिक्रि लगायतका सेवा दिदै आएको थियो । थर्ड ह्विलले व्यवसाय विस्तारको नयाँ अध्यायका रूपमा इलेक्ट्रिक स्कुटरहरु अनलाइन प्लेटफर्म मार्फत् विक्री वितरण गर्ने कामको थालनी गरेको छ ।

कम्पनीले भारतको प्योर कम्पनीका ई– प्लुटो र इट्रान्स नियो नामका दुई स्कुटर बिक्रीमा राखेको छ । भारतीय ब्रान्डका यी स्कुटर किन्न चाहनेले अनलाइनमा अर्डर गरेपछि ‘टेस्ट ड्राइभ’ गर्न घर अथवा अफिस मा नै उपलब्ध हुनेछन् ।

ई प्लुटो ७जी को मूल्य २ लाख ४९ हजार कायम गरिएको छ । क्रोम फिनिस्ड बडी रहेको ई प्लुटोमा २.५ किलोवाट आवरको पोर्टेबल ब्याट्री प्याक दिइएको छ जसले फुल चार्जमा ९० देखि १ सय २० किलोमिटर दौडन सक्ने क्षमता राखछ ।

तीन स्पिड मोड दिइएको स्कुटर ६० किलोमिटर प्रतिघन्टाको गतिमा दौडन सक्छ । स्कुटरमा एलईडी ड्यासबोर्ड दिइएको छ भने ३० एनएमको टर्क उत्पादन गर्न सक्छ ।

स्कुटरमा प्रयोग भएको ब्याट्रीमा ३ वर्ष वा ४० हजार किलोमीटरको वारेन्टी कम्पनीले नै दिएको छ भने थर्ड ह्विलले    आफ्ना ग्राहकका हकमा एक बर्ष इमर्जेन्सी मेन्टिनेन्सको सुविधा थप गरेको छ ।

नियो इट्रान्समा भने क्रोम फिनिसबाहेक सबै विषेशता छन् । स्कुटरको मूल्य २ लाख ३४ हजार रूपैयाँ तोकिएको छ ।

थर्ड ह्विलले बेच्न लागेका यी स्कुटरहरु माछापुच्छ्रे बैंक, नबिल बैंक र एनआईसी एसिया बैंकबाट शुन्य ब्याजदरमा किन्न सकिन्छ । स्कुटर किन्दा १० हजार रूपैयाँ बराबरको एसोसेरिज निःशूल्क तथा १५ हजार क्यास ब्याक पनि दिइने बताइएको छ । कम्पनीले स्कुटरमा एक वर्षको निःशूल्क सर्भिसिङको सुविधा दिइएको छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.