आइसिटी अवार्डमा शीर्ष ५ स्टार्टअप र प्रडक्ट घोषणा, अनलाइन भोटिङ सुरु | Hamro Patro

ब्लग - साहित्य / प्रविधि

आइसिटी अवार्डमा शीर्ष ५ स्टार्टअप र प्रडक्ट घोषणा, अनलाइन भोटिङ सुरु





दोस्रो संस्करणको आइसिटी अवार्ड २०१७ मा बेस्ट आइसिटी स्टार्टअप अवार्ड र बेस्ट इन्नोभेटिभ आइसिटी अवार्डअन्तर्गत शीर्ष ५ को घोषणा भएको छ । विहिबार काठमाडौंमा आयोजित ‘प्रेजेन्टेशन र स्पिड डेटिङ राउन्ड’ बाट निर्णायक समूहले अन्तिम चरणको प्रतिष्पर्धाका लागि शीर्ष ५ छनोट गरेको हो ।

यो पनि हेर्नुहोस् : देशभरबाट बाल विवाह एवम् दाइजो विरुद्धका २४ जना योद्धाहरुलाई सम्मानीत

शीर्ष ५ मा पर्ने स्टार्टअप कम्पनीहरुमा बसोबास नेपाल प्रालि, क्याचीरोड इन्कर्पोरेट प्रालि, पाइला टेक्नोलोजी प्रालि, सोनीटेक नेपाल प्रालि र जेफ्टवेर सोलुसन्स प्रालि रहेका छन् । त्यसैगरी शीर्ष ५ मा पर्ने इन्नोभेटिभ प्रडक्टहरुमा बिग फुट, एभ्रेष्ट कास्ट, गुनासो, नेपाल भिआर र परी रहेका छन् ।

उत्कृष्ट ५ मा पर्न सफल स्टार्टअप र प्रडक्टका लागि शुक्रबारदेखि अनलाइन र एसएमएस भोटिङ सुरु भएको छ । स्टार्टअप कम्पनी र इन्नोभेटिभ प्रडक्टका लागि आइसिटी अवार्डको आधिकारिक वेबसाइट www.ictawardnepal.com मा लगइन गरेर आफूलाई मन परेको कम्पनी वा प्रडक्टकालाई अनलाइन भोट गर्न सकिन्छ । त्यसैगरी एसएमएसबाट पनि आफूलाई मन परेको स्टार्टअप र प्रडक्टलाई भोट दिन सकिन्छ । अनलाइन र एसएमएस भोटिङको समयावधि एक साताका लागि खुला गरिएको छ । थप जाकारीका लागि आइसिटी अवार्डको एन्ड्रोइड मोबाइल एप्लिकेशन पनि प्रयोग गर्न सकिन्छ ।


आइसिटेक मिडियाको आयोजनामा हुने सो अवार्ड वितरण समारोहमा दुवै विधाअन्तर्गत शीर्ष ३ मा पर्ने टिम र प्रडक्टलाई आइसिटी अवार्ड प्रदान गरिनेछ । सोही अवसरमा आइसिटी पायोनियर्स अवार्ड र आइसिटी डायस्पोरा अवार्डबाट एक÷एक जनालाई सम्मान गरिने आइसिटेक मिडिया प्रालिका अध्यक्ष राजन लम्सालले जानकारी दिए ।

असारको तेस्रो साता खुलाइएको अनलाइन रजिस्ट्रेशनमा ४३ स्टार्टअप कम्पनी र ५२ आइसिटी प्रडक्टले आवेदन दिएका थिए । ‘अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहनको अवसर’ भन्ने नारासहित आइसिटी उद्योगमा समर्पित यस अवार्ड आगामी भदौ १ मा हुने छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.