
सुन्दरता, आत्मविश्वास र प्रतिभा देखाउने माध्यम अर्थात मिस चितवनको तेस्रो संस्करण सुरु भएको छ । अडिसनबाट छानिएका २८ प्रतिस्प्रधी बीच हुने यो कडा प्रतिस्पर्धा निकै भव्य हुने पूर्वानुमान गर्न सकिन्छ । चैत्र ११ गते ग्राण्ड फिनालेको दिन मिस चितवनको यो संस्करणको ताज विजेताको चयन गरिनेछ । त्यस दिन चयन भएको बिजेताले नयाँ संस्करणको मिस नेपाल प्रतिस्पर्धामा सीधै वाइल्ड कार्ड इन्ट्रीको सुनौलो अवसर पाउने छिन् ।